नदी नियन्त्रण योजना कार्यान्वयनमा ढिलासुस्तीले बेनी बजार जोखिममा

म्याग्दी । कालीगण्डकी नदी नियन्त्रण योजना कार्यान्वयनमा भएको ढिलासुस्तीले म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजार कटानको जोखिममा परेको छ ।

फाइल फोटो

हिउँद सकिन लाग्दा समेत कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजार संरक्षणका लागि सञ्चालित नदी नियन्त्रण आयोजनाको काम शुरु भएको छैन् । नदी नियन्त्रण योजनामा भएको ढिलाईले बेनीको कालीपुल, गणेशटोल, संगमचोक र मंगलाघाट क्षेत्र कटानको जोखिममा परेको स्थानीयबासी टंक हमालले बताए ।

‘कालीगण्डकीमा गत असार १ गते आएको बाढीले बेनीको संगमचोक पछाडी र कालीपुल बसपार्क क्षेत्रमा यसअघि निर्माण भएको करिब १०० मिटर ग्यावीयन पर्खाल भत्काएर कटान गरेको थियो,’ उनले भने,  ‘हिउँदको शुरुआतमै हुनुपर्ने नदी नियन्त्रणको काम मध्य माघ हुँदा समेत सुरसार नहुँदा बर्खामा बाढीले कटान गर्ने जोखिम बढेको छ ।’

गर्मी शुरु भएपछि नदीमा पानीको सतह बढ्ने, बाढी आएपछि काम अधुरो हुने र लगानी खेर जाने जोखिम हुन्छ । नदी नियन्त्रण योजनालाई छिटो शुरु गराउन नगरपालिकाले ताकेता गर्नुपर्ने हमालको भनाइ छ ।

जोखिमयुक्त जिल्ला सदरमुकामको सूचिमा रहेको बेनी बजारमा एक हजार भन्दा बढी घरधुरीको बसोबास छ । रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले बेनी बजारमा नदी नियन्त्रणको काम गर्दै आएको छ । ठेक्का सम्झौता भइसकेकाले केही दिनमै ठेकेदारले बेनीको कालीपुल र संगमचोकको कालीगण्डकी किनारमा नदी नियन्त्रणको काम शुरु गर्ने परियोजनाका इञ्जिनियर कृष्ण विश्वकर्माले बताए ।

‘दुई ठाउँमा तीन सय ४० मिटर पक्की पर्खाल निर्माण गर्न ठेक्का सम्झौता भइसकेको छ,’ उनले भने, ‘यसपाली रु। चार करोड रुपैयाँ बजेट बिनियोजन भएको बेनी बजार संरक्षण आयोजनाको रु। नौ करोडको ठेक्का लगाएर थप बजेटका लागि उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयमा प्रस्ताव गरेका छौँ ।’

इञ्जिनियर विश्वकर्माका अनुसार कालीपुल र संगमचोक पछाडि म्याग्दी जेसिजको भवन नजिकै १७०÷१७० मिटर पर्खाल निर्माण गर्न ठेक्का सम्झौता भएको छ । परियोजनाले गत वर्ष म्याग्दी बेनी तर्फ  तीन करोड र पर्वत बेनीतर्फ दुई करोड बराबरको नदी नियन्त्रणको काम गरेको थियो ।

 

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago