रेडियो विराटकी प्रबन्ध निर्देशक अनमोल सवारी दुर्घटनामा घाइते

पुस १२, बिर्तामोड । सवारी दुर्घटनामा परी रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोल घाइते भएकी छन् । आज बिहान ११.४५ बजे बिर्तामोडको सिटी सेन्टर अगाडिको पूर्व–पश्चिम राजमार्गमा बिर्तामोड ५ निवासी अनमोल चढेको प्रदेश १–०१–०१५ प ९१४० नं.को स्कुटीलाई दुईवटा सवारी साधनले ठक्कर दिएका थिए । एकै दिशा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका युपी ३७ टी ७८१३ नं को भारतीय ट्रक र ना ५ ख ८११९ नं को यात्रुबाहक बसले स्कुटीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, इन्स्पेक्टर अशोक जवेगुले बताए ।
ट्रकले ठक्कर दिएपछि स्कुटी बससंग ठोक्किएको जनाइएको छ । घाइतेको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक, बस र मोटरसाइकललाई नियन्त्रणमा लिइएको जवेगुले जानकारी दिए ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago