रेडियो विराटकी प्रबन्ध निर्देशक अनमोल सवारी दुर्घटनामा घाइते

पुस १२, बिर्तामोड । सवारी दुर्घटनामा परी रेडियो विराटकी प्रबन्ध निर्देशक लीला अनमोल घाइते भएकी छन् । आज बिहान ११.४५ बजे बिर्तामोडको सिटी सेन्टर अगाडिको पूर्व–पश्चिम राजमार्गमा बिर्तामोड ५ निवासी अनमोल चढेको प्रदेश १–०१–०१५ प ९१४० नं.को स्कुटीलाई दुईवटा सवारी साधनले ठक्कर दिएका थिए । एकै दिशा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेका युपी ३७ टी ७८१३ नं को भारतीय ट्रक र ना ५ ख ८११९ नं को यात्रुबाहक बसले स्कुटीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, इन्स्पेक्टर अशोक जवेगुले बताए ।
ट्रकले ठक्कर दिएपछि स्कुटी बससंग ठोक्किएको जनाइएको छ । घाइतेको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक, बस र मोटरसाइकललाई नियन्त्रणमा लिइएको जवेगुले जानकारी दिए ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago