हेटौंडा – हेटौंडा उपमहानगरपालिका –१० स्थित मुख्य बजार क्षेत्र टीसीएनमा रहेको तरकारी बजारमा आगलागी भएको छ ।
मीना साहले सञ्चालन गर्दै आएको होटलबाट सल्किएको आगोले तरकारी बजारमा फैलिँदा लाखौं रुपैयाँको सामान नष्ट भएको छ । तरकारी बजारका होटलमा ग्यासका सिलिण्डर पनि भएको र ती सिलिन्डर पड्किँदा आगो निभाउन समस्या भएको प्रहरीले जनाएको छ ।
तरकारी बजारमा लागेको आगो प्रहरी, दमकल र स्थानीयबासिन्दाको सहयोगमा निभाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
तरकारी बजारमा टिन र काठले बनाइएका छाप्रा रहेकाले पनि आगो छिटो फैलिएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…