कुन क्षेत्रका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ – निर्वाचन आयोगले प्रत्यक्षतर्फ चुनाव लड्ने उम्मेदवारको खर्च सीमा पाँच वर्षअघिको भन्दा बढउाने प्रस्ताव गरेको छ। यो अवधिमा मुद्रास्फिति १८ प्रतिशतले बढेको मूल्यांकन गर्दै आयोगले त्यहीँ अनुपातमा खर्चका सीमा निर्धाण गर्न लागेको हो।

खर्चको सीमाबारे आयोगले मंगलबार दलका प्रतिनिधिहरुसँग राय सुझाव लिएको छ। संभवत मंगलबारकै आयोगले बैठकले खर्चको सीमा सम्बन्धी प्रस्तावलाई अनुमोदन गर्नेछ।

आयोगले संघीय निर्वाचन क्षेत्रलाई पाँच वर्गमा विभाजन गरेर त्यहीँअनुसार खर्च गर्न पाउने सीमा प्रस्ताव गरेको छ। जसमा न्युनतम २५ लाखदेखि बढीमा ३३ लाखसम्म तोक्ने प्रस्ताव गरिएको छ।आयोगले वितरण गरेको खर्च प्रस्ताव सम्बन्धी सूचीमा २५ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्र पाँचवटा, २५ लाख खर्च गर्न पाउने क्षेत्र २३ वटा, २९ लाख खर्च गर्न पाउने क्षेत्र ६६ वटा निर्धारण भएका छन्।

त्यस्तै ३१ लाख खर्च गर्न पाउने क्षेत्र ४४ र ३३ लाख खर्च गर्न पाउने क्षेत्र २७ वटा निर्धारण भएका छन्। २५ लाख खर्च गर्न पाउने पाँचवटा निर्वाचन क्षेत्र काठमाडौँका मात्रै छन्। जसमा काठमाडौँ १, ३, ६, ७ र ८ परेको छ।

आयोगले प्रदेशसभा तर्फको प्रत्यक्षमा चुनाव लड्ने उम्मेदवारको खर्च पनि प्रस्ताव गरेको छ। जसलाई पनि आयोगले पाँच वर्गमा विभाजन गरेको छ। सबैभन्दा कम १५ लाख र सबैभन्दा बढी २३ खर्च गर्न पाउने गरी प्रदेशतर्फका निर्वाचन क्षेत्रलाई खर्चको सीमा तोकिएके छ।

जसमा १५ लाख खर्च गर्न पाउने क्षेत्र ५५, १७ लाख खर्च गर्न पाउने क्षेत्र १५२, १९ लाख खर्च गर्न पाउने क्षेत्र ६४ वटा छन्। त्यस्तै २१ लाख खर्च गर्न पाउने क्षेत्र ३१ वटा र २३ लाख खर्च गर्न पाउने क्षेत्र २८ वटा भएको आयोगले जनाएको छ।

२०७४ को निर्वाचनमा प्रदेशसभातर्फ प्रति उम्मेदवार १५ लाख र प्रतिनिधिसभातर्फ २५ लाख रुपैयाँ खर्च सीमा तोकिएको थियो।

आयोगले औपचारिक रुपमा खर्चको सीमा निर्धारण गरेअनुसार उम्मेदवारले त्यहीँअनुसार विवरण पेश गरे पनि वास्तविक खर्च भने त्यो धेरै बढी हुने गरेको छ। आयोगले निर्धारण गर्ने खर्च सीमा र उम्मेदवारले बुझाउने खर्चको विवरण औपचारिकताका लागि मात्रै हुने गरेको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago