विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आउने

काठमाडौँ: विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजाबेथ केनेडी ट्रुडो नेपाल भ्रमणमा आउने भएकी छिन् । उनी बुधबार नेपाल आइपुग्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । नेपालसँगै उनले यूएई, उज्बेकिस्तान र किर्गिस्तानको पनि भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।
बुधबारदेखि सुरु हुने उनको १२ दिने विदेश भ्रमणमा द्विपक्षीय सम्बन्ध र ‘रुस र चीनबाट फैलाइएका गलत सूचनाको प्रतिवाद’ गर्ने विषय प्राथमिकतामा परेको विदेश मन्त्रालयले जनाएको छ ।
त्यसैगरी अफगानिस्तानमा अमेरिकी सहयोग, सामाजिक समता, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका मुद्दामा पनि द्विपक्षीय कुराकानी हुने अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । ट्रुडोले भ्रमणका क्रममा सरकारी अधिकारी, मिडिया प्रतिनिधिलगायतलाई भेट्ने कार्यक्रम रहेको छ ।

नेपालमा उनले अल्पसंख्यक समुदायका अभियन्ता, मिडिया प्रतिनिधिलगायतसँग अन्तरक्रिया गर्ने बताइएको छ । त्यस्तै उनले काठमाडौंमा अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोषअन्तर्गतका कार्यक्रम सञ्चालन भएका क्षेत्रको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago