अन्तर्राष्ट्रिय कानुन सम्मेलनका प्रखर ज्ञाता नेपालमा

काठमाडौँ: अन्तर्राष्ट्रिय कानुनका ज्ञाता टोनी एङ्गी नेपाल आइपुगेका छन् । शनिबार सुरु हुने अन्तर्राष्ट्रिय कानुन सम्मेलनका प्रखर वक्ता उनी बिहीबार अपरान्ह काठमाडौं उत्रिएका थिए । अन्तर्राष्ट्रिय कानुनको विकासमा तेस्रो विश्वको पहुँच सुगम हुनु पर्छ भन्ने आन्दोलनका प्रणेता एङ्गी अमेरिका, सिंगापुर, बेलायत लगायत देशहरूमा प्रसिद्ध अन्तर्राष्ट्रिय कानुनका प्रध्यापक पनि हुन् ।

अन्तर्राष्ट्रिय कानुनको अध्ययनमा केन्द्रित ‘एसियन सोसाइटी अफ इन्टरनेसनल ल’ ले यो वर्षको सम्मेलनस्थल रोजेको काठमाडौंमा जवहारलाल नेहरु विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुन अध्ययन विभागका अध्यक्ष भिजी हेगडे, साउथ एसियन युनिभर्सिटीको कानुन संकायका डिन श्रिनिवास दुर्रा लगायत अन्तर्राष्ट्रिय रुपमा कहलिएका अरु कानुनविद पनि आउँदै छन् ।

अन्तर्राष्ट्रिय कानुनका २९ वटा अलग अलग विषयमा विज्ञहरूबीच विमर्श हुने सम्मेलनलाई इन्टरनेसनल कोर्ट अफ जस्टिसकी उपप्रधान न्यायाधीश स्वी ह्यान्किनले जुमबाटै सम्बोधन गर्नेछिन् । उहाँ पनि काठमाडौं आउने कार्यक्रम तय थियो तर कोभिडको बढ्दो संक्रमणले त्यो सम्भव हुन सकेन,’ कार्यक्रमका संयोजक अमेरिकास्थित गोन्जागा विश्वविद्यालका कानुन प्राध्यापक तथा विश्वव्यापी कानुनी शिक्षाका निर्देशक डा. उपेन्द्रदेव आचार्यले भने, ‘अरु पनि थुप्रै कानुनका अन्तर्राष्ट्रिय प्राज्ञहरू विश्वव्यापी यात्रा तय गर्न नसक्ने अवस्था आएकाले जुमबाटै सहभागिता जनाएर भए पनि नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय कानुनको सम्मेलनमा साथ दिँदैछन् ।’

आचार्यका अनुसार सम्मेलनमा टोनी, हेगडे लगायत २४ देशका अन्तर्राष्ट्रिय कानुनवेत्ताहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago