अन्तर्राष्ट्रिय कानुन सम्मेलनका प्रखर ज्ञाता नेपालमा

काठमाडौँ: अन्तर्राष्ट्रिय कानुनका ज्ञाता टोनी एङ्गी नेपाल आइपुगेका छन् । शनिबार सुरु हुने अन्तर्राष्ट्रिय कानुन सम्मेलनका प्रखर वक्ता उनी बिहीबार अपरान्ह काठमाडौं उत्रिएका थिए । अन्तर्राष्ट्रिय कानुनको विकासमा तेस्रो विश्वको पहुँच सुगम हुनु पर्छ भन्ने आन्दोलनका प्रणेता एङ्गी अमेरिका, सिंगापुर, बेलायत लगायत देशहरूमा प्रसिद्ध अन्तर्राष्ट्रिय कानुनका प्रध्यापक पनि हुन् ।

अन्तर्राष्ट्रिय कानुनको अध्ययनमा केन्द्रित ‘एसियन सोसाइटी अफ इन्टरनेसनल ल’ ले यो वर्षको सम्मेलनस्थल रोजेको काठमाडौंमा जवहारलाल नेहरु विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुन अध्ययन विभागका अध्यक्ष भिजी हेगडे, साउथ एसियन युनिभर्सिटीको कानुन संकायका डिन श्रिनिवास दुर्रा लगायत अन्तर्राष्ट्रिय रुपमा कहलिएका अरु कानुनविद पनि आउँदै छन् ।

अन्तर्राष्ट्रिय कानुनका २९ वटा अलग अलग विषयमा विज्ञहरूबीच विमर्श हुने सम्मेलनलाई इन्टरनेसनल कोर्ट अफ जस्टिसकी उपप्रधान न्यायाधीश स्वी ह्यान्किनले जुमबाटै सम्बोधन गर्नेछिन् । उहाँ पनि काठमाडौं आउने कार्यक्रम तय थियो तर कोभिडको बढ्दो संक्रमणले त्यो सम्भव हुन सकेन,’ कार्यक्रमका संयोजक अमेरिकास्थित गोन्जागा विश्वविद्यालका कानुन प्राध्यापक तथा विश्वव्यापी कानुनी शिक्षाका निर्देशक डा. उपेन्द्रदेव आचार्यले भने, ‘अरु पनि थुप्रै कानुनका अन्तर्राष्ट्रिय प्राज्ञहरू विश्वव्यापी यात्रा तय गर्न नसक्ने अवस्था आएकाले जुमबाटै सहभागिता जनाएर भए पनि नेपालमा पहिलो पटक हुन लागेको अन्तर्राष्ट्रिय कानुनको सम्मेलनमा साथ दिँदैछन् ।’

आचार्यका अनुसार सम्मेलनमा टोनी, हेगडे लगायत २४ देशका अन्तर्राष्ट्रिय कानुनवेत्ताहरूले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago