नवनियुक्त भुवन केसीले चलचित्र विकास बोर्ड अध्यक्षको पदभार ग्रहण

काठमाडौँ – नवनियुक्त भुवन केसीले बुधबार चलचित्र विकास बोर्ड अध्यक्षको रुपमा पदभार ग्रहण गरेका छन् । सोमबारको मन्त्रिपरिषद् निर्णयबाट चलचित्र विकास बोर्ड अध्यक्षमा मनोनयन भएका केसीले पदभार ग्रहण गर्दै आफूले बाहिर रहँदा उठाएका चलचित्रकर्मीका मुद्दालाई सम्बोधन गर्ने बताएका थिए । उनले यसका लागि चलचित्रकर्मीसँग बृहत् छलफल गर्ने र सोहीअनुसार अगाडि बढ्ने बताएका छन् ।

विकास बोर्डमा उनलाई सदस्य सचिव टंक महतसँगै बोर्डका कर्मचारीले स्वागत गरेका थिए । २०४० सालमा प्रदर्शित ‘जुनी’बाट अभिनय प्रवेश गरेका भुवन केसी त्यसअघि रेडियो नेपालको गायकको रुपमा परिचित थिए ।

नले सय बढी सिनेमामा अभिनय गर्नुका अलावा दर्जन हाराहारी चलचित्र निर्माण गरेका छन् । चुनौतीका चाङबीच चलचित्रकर्मीको सर्वोच्च संस्था विकास बोर्डको अध्यक्ष बनेका भुवन केसीबाट चलचित्रकर्मीले क्रान्तिकारी कामको अपेक्षा गरेका छन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago