लिफ्ट मागेका भारतीयले लुटेको कार फेला पर्‍यो

कैलाली: गोदावरी -४ भिमदत्त राजमार्गमा एक सरकारी कर्मचारी माथि लुटपाट गरेर फरार रहेको गाडी फेला परेको छ । गोदावरी नगरपालिका -१ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने भित्री सडक खण्डमा बेवारिसे अवस्थामा सो कार फेला परेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार आफ्नो घर बेतकोटबाट डडेलधुराको आलिताल हिँडेका गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्र सिह भन्डारीलाई दिउँसो १ बजे तिर गोदावरीको गाईमारा मोड नजिकै लुटपाट सहित आक्रमण भएको थियो । भण्डारीकै गाडीमा लिफ्ट मागेका भारतीय नागरिकहरुले उनलाई बाँधेर मोबाइल, पर्स र नगद लुटपाट गर्दै उनकै गाडी लिएर फरार भएका थिए ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago