तीनजनाको अज्ञात समूहले कुटपिट गरी उनी चढेको गाडीसमेत लुटे , लुटेराहरुको बिगविगि !!

धनगढी: धनगढी–डडेलधुरा राजमार्गमा पर्ने कैलालीको गोदावरी नगरपालिकाको बुढीतोला सडकखण्डनजिक सोमबार डडेलधुराको आलीताल गाउँपालिकाका कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्र भण्डारीमाथि तीनजनाको अज्ञात समूहले कुटपिट गरी उनी चढेको गाडीसमेत लुटेका छन्
कञ्चनपुरको वेदकोट नगरपालिका–३ सामादैजी घर भएका ३७ वर्षीय भण्डारी चढेको प्र३-०१-२३ च ८७२१ नम्बरको ‘सिल्भर कलर’को कार ती अज्ञात व्यक्तिहरुले गोदावरीनजिक रोकेर तेल हालिदिने सर्तमा आफूहरुलाई पनि केही माथिसम्म लगि दिन लिफ्ट मागेका थिए । गाडी भण्डारीकै भएको प्रहरीले जानकारी दिएको छ ।
कैलाली प्रहरीका डीएसपी वेद जोशीका अनुसार गोदावरीमाथि पुगेपछि उनीहरूले फोटो खिच्ने बहानामा गाडी रोकाएर राजमार्गभन्दा ५० मिटर तल झाडीमा लगेर भण्डारीमाथि कुटपिट र गाडीसमेत लुटेर लगेको कर्मचारी भण्डारीबाट खुल्न आएको हो ।

भण्डारीले घटनाबारे प्रहरीलाई दिएको जानकारीअनुसार तीन जनाको समूहमा रहेका भारतीय जस्तो लाग्ने लुटेराहरुले ती कर्मचारीलाई गम्छाले मुख बाँधेर, हात खुट्टासमेत बाँधेर कुटपिट गरेका थिए । भण्डारीको टाउकोमा ढुंगा प्रहार गरिएको छ । भण्डारीसँग रहेको केही नगद र एटीएम कार्डसमेत लुटिएको प्रहरीले जानकारी दिएको छ ।

बिहान १० बजेतिरको घटना हो जस्तो देखिन्छ, प्रहरीले १ बजे खबर पाएको हो,’ डीएसपी जोशीले भने,‘घाइते भएका कर्मचारी भण्डारीलाई अत्तरियाको पद्मा अस्पताल पुर्‍याइएको छ, धेरै कुरा सोधपुछ गर्न सकिएको छैन, घटनाको प्रकृति प्रारम्भिक चरणमा देखिएको भन्दा फरक हुन पनि सक्छ ।’

घाइते भण्डारीले नगद रकम लुटिएकोबारे केही जानकारी नदिएको डीएसपी जोशीले बताए । घटना भएको कुन समयमा हो भन्ने पनि खुलेको छैन । ‘उनको अवस्थामा सुधार भएसँगै घटनाबारे थप सोधपुछ गरिने छ,’ डीएसपी जोशीले भने ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago