तीनजनाको अज्ञात समूहले कुटपिट गरी उनी चढेको गाडीसमेत लुटे , लुटेराहरुको बिगविगि !!

धनगढी: धनगढी–डडेलधुरा राजमार्गमा पर्ने कैलालीको गोदावरी नगरपालिकाको बुढीतोला सडकखण्डनजिक सोमबार डडेलधुराको आलीताल गाउँपालिकाका कर्मचारी कम्प्युटर अपरेटर लोकेन्द्र भण्डारीमाथि तीनजनाको अज्ञात समूहले कुटपिट गरी उनी चढेको गाडीसमेत लुटेका छन्
कञ्चनपुरको वेदकोट नगरपालिका–३ सामादैजी घर भएका ३७ वर्षीय भण्डारी चढेको प्र३-०१-२३ च ८७२१ नम्बरको ‘सिल्भर कलर’को कार ती अज्ञात व्यक्तिहरुले गोदावरीनजिक रोकेर तेल हालिदिने सर्तमा आफूहरुलाई पनि केही माथिसम्म लगि दिन लिफ्ट मागेका थिए । गाडी भण्डारीकै भएको प्रहरीले जानकारी दिएको छ ।
कैलाली प्रहरीका डीएसपी वेद जोशीका अनुसार गोदावरीमाथि पुगेपछि उनीहरूले फोटो खिच्ने बहानामा गाडी रोकाएर राजमार्गभन्दा ५० मिटर तल झाडीमा लगेर भण्डारीमाथि कुटपिट र गाडीसमेत लुटेर लगेको कर्मचारी भण्डारीबाट खुल्न आएको हो ।

भण्डारीले घटनाबारे प्रहरीलाई दिएको जानकारीअनुसार तीन जनाको समूहमा रहेका भारतीय जस्तो लाग्ने लुटेराहरुले ती कर्मचारीलाई गम्छाले मुख बाँधेर, हात खुट्टासमेत बाँधेर कुटपिट गरेका थिए । भण्डारीको टाउकोमा ढुंगा प्रहार गरिएको छ । भण्डारीसँग रहेको केही नगद र एटीएम कार्डसमेत लुटिएको प्रहरीले जानकारी दिएको छ ।

बिहान १० बजेतिरको घटना हो जस्तो देखिन्छ, प्रहरीले १ बजे खबर पाएको हो,’ डीएसपी जोशीले भने,‘घाइते भएका कर्मचारी भण्डारीलाई अत्तरियाको पद्मा अस्पताल पुर्‍याइएको छ, धेरै कुरा सोधपुछ गर्न सकिएको छैन, घटनाको प्रकृति प्रारम्भिक चरणमा देखिएको भन्दा फरक हुन पनि सक्छ ।’

घाइते भण्डारीले नगद रकम लुटिएकोबारे केही जानकारी नदिएको डीएसपी जोशीले बताए । घटना भएको कुन समयमा हो भन्ने पनि खुलेको छैन । ‘उनको अवस्थामा सुधार भएसँगै घटनाबारे थप सोधपुछ गरिने छ,’ डीएसपी जोशीले भने ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago