काठमाडौँ – निवर्तमान श्रम तथा रोजगार मन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले आफूलाई पद र पैसाको कुनैपनि लोभ नभएको बताएका छन् । आज सोमबार मन्त्रालयबाट बिदाइ हुँदै गर्दा कार्यक्रममा बोल्दै उनले आफूलाई पद र पैसा दुवैको लोभ नभएको र आफ्नो कार्यकालमा आफूले सक्ने काम गरेको दाबीसमेत गरेका हुन्।
उनले भने,‘ कुर्चीमा टाँसिनको लागि मन्त्रीहरू कहिले बालुवाटार, कहिले खुमलटार धाइरहे भन्ने आक्षप आइरहेको छ। तर, हामी बजेटको उत्तर दिनको लागि त्यो अवधिसम्म रहौँ लागेको हो। पदमा टासिएर बस्न मन होइन।’
आफूले आज चढेको गाडीको उदाहरण दिँदै उनले भने,‘मन्त्री चढ्ने भन्दा ठूलो गाडी चढेर म आएको छु। किनभने, मलाई मन्त्री पदमा टासिनु र यसबाट पैसा कमाउनु रहर छैन। कार्य अवधिमा गरेका काम सगौगव भन्न पाइयो यही नै ठूलो कुरा हो।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…