काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता एवं सांसद राजेन्द्र लिङ्देनले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमले जनताको समस्या सम्बोधन गर्न नसकेको दाबी गरेका छन्।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै लिङ्देनले जनताको समस्या समाधानमा भन्दा पनि ठूला नेताको क्षेत्रमा अनाआवश्यक योजना पार्न बजेट केन्द्रित भएको बताएका हुन्।
‘प्रधानमन्त्रीको जिल्लामा मेडिकल कलेज बनाउने, ठूला नेताको जिल्लामा सडक बनाउने बाहेक अरु खासै केही भेटिँदैन त नीति कार्यक्तममा, उनले भने, ‘मल खोजिरहेका किसानलाई मल दिने कुरा कहाँ छ? सबैभन्दा बढी प्राथमिकता केमा हुनुपर्थ्यो ?’
उनले आधारभूत तहका जनताको समस्या सम्बोधन गर्ने गरी अनुभवी प्रधानमन्त्रीले नीति कार्यक्रम र बजेट ल्याउन नसकेको उल्लेख गरे। ‘यो वर्ष विद्यार्थीलाई पुस्तक दिन सकेका छैनौँ। यो वर्ष त दिन सक्नुभएन, अर्को वर्ष दिने कोसिस गर्नुपर्दैन?’ उनले प्रश्न गरे।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…