बिन्ध्यबासिनी हाइड्रोपावरले आइपीओ निष्काशन गर्दै, कति दिने आवेदन ?

काठमाडौं: बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गतेदेखि आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय क्षेत्रका वासिन्दाहरुका लागि आइपीओ बैशाख ११ गतेदेखि २७ गतेसम्म विक्री खुला गरेर जेठ ११ गते बाँडफाँड गरिसकेको छ ।

कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । कुल शेयरमध्ये ४ प्रतिशत अर्थात् ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारणले यस आइपीओ खरीदका लागि जेठ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असार ३ गतेसम्म आईपीओ निष्काशन खुला रहने छ । आवेदकले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सि–आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो आइपीओ खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर एपको माध्यमबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago