पर्सा: प्रहरीले एक भारतीय नागरिकलाई हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा नगदसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना गुर्वालिया कचहरी वडा नं ४ बस्ने ४१ वर्षीय सञ्जय राम छन् ।
रामलाई वीरगन्ज–१६ स्थित इनर्वा प्रहरी चौकीको चेकिङ टोलीले नेपाल–भारत सीमास्थित शंकराचार्य गेटमा बुधबार साँझ करिब ६ बजे पक्राउ गरेको हो । भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा रामले प्लास्टिकको झोलाभित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको ९ लाख ५० हजार रुपैयाँ बरामद भएको थियो ।
रामलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…