बालेन शाहलाई जिताएर,हामीलाई बदलिन सन्देश दिए: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताएर मतदाताले आफूहरूलाई बदलिन सन्देश दिएको बताएका छन्।

उनले मेयरमा निर्वाचित शाहलाई बधाई दिँदै आफूहरू बदलिनुपर्ने उल्लेख गरेका छन्।‘बालेनलाई बधाई दिउँ, बदलौं आफूलाई। बालेनलाई जिताएर काठमाडौंका सचेत मतदाताले हामीलाई बदलिन सन्देश दिएका छन्,’ आज ट्वीट गर्दै शर्माले भने।उनले जनताको काममा जनप्रतिनिधिलाई सघाउनुपर्ने पनि बताए।‘जनताको काममा जननिर्वाचित मेयरलाई सघाउनु हामी सबैको कर्तव्य हो,’ शर्माले भने, ‘मतदाताले जिताइसकेपछि बालेन एक्लै हुन् या एक्लै छन् भन्ने नसोचौं।’

बालेनको जितमा जनताले आशा देखेको पनि शर्माको भनाइ छ। ‘बालेनको विजय हाम्रो पराजय मात्र होइन उनीप्रति आशा र विश्वासको जित पनि हो,’ उनले भने, ‘लोकतन्त्रमा जनता जनार्दनको फैसला सर आँखो पर।’उनले काठमाडौंका सचेत मतदाताले दिएको सन्देश गहन रूपले आत्मसाथ गरिनुपर्ने पनि बताएका छन्।मुख्य दलको शैली र प्रस्तुतीप्रति मतदाता असन्तुष्ट रहेको देखिएको पनि शर्मा बताउँछन्।

‘बदलिएको समयअनुसार आफूलाई बदल्नु हामी राजनीतिक दल, नेतृत्व, व्यक्ति, प्रवृत्ति र पद्धति सबैको जिम्मेवारी हो। काठमाडौंमा बालेनको विजयले हामीलाई यसका लागि जबरजस्त दबाब सकरात्मक ढंगले दिएको छ,’ महामन्त्री शर्माले भने।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago