काठमाडौँ: नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने प्रदेश १ का एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।
दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार प्रदेश १ र मधेस प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…