सिटौलाले विपन्न परिवार आफ्नो प्रमुख प्राथमिकता र मेयरको गाडी नगरबासीका लागि एम्बुलेन्स

बिर्तामोड , नेपाली कांग्रेसका तर्फबाट बिर्तामोड नगरपालिकाको मेयरका उम्मेदवार भोजराज सिटौलाले  नगर र नगरबासीको हितमा खुलेर सहयोगको घोषणा गरेका छन् ।

बिर्तामोड नगरपालिकामा दुईदलीय गठबन्धनको संयुक्त कार्यालयको उद्घाटनका क्रममा उम्मेदवार सिटौलाले आफूले मेयर जिते वर्षमा ९ लाख रुपैयाँ खर्च हुने मेयरको नगरपालिकाको गाडी नचढ्ने घोषणा गरे । वर्षमा ९ लाख रुपैयाँ खर्च हुने मेयरको गाडी आफूले प्रयोग नगर्ने त्यसलाई नगरबासीका लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरे । त्यस्तै उनले आफूले पाउने सेवासुविधाको ५० प्रतिशत रकम खेलकुद क्षेत्रका लागि खर्च गर्ने समेत घोषणा गरे । चर्चित डोमालाल राजवंशी रंगशाला रहेको बिर्तामोडका सयौ खेलाडीका लागि एकजना प्रशिक्षक समेत नगरपालिकाले नियुक्त गर्न नसक्नु दुर्भाग्य भएको भन्दै उनले आफू पनि खेलाडी भएकाले खेल र खेलाडीको मर्म बुझेर काम गर्ने दावी गरे । उनले नगरको खेलकुद विकास समितिमा राजनीतिक नियुक्ति गर्न नहुने भन्दै आफूले चुनाव जिते विज्ञहरुबाटै खेलकुद समिति निर्माण गर्ने समेत प्रतिबद्धता जनाए ।

नगरका सबै अव्यवस्थित सुकुम्बासीहरुलाई जग्गाधनी बनाउने उद्घोष गरेका सिटौलाले विपन्न परिवार आफ्नो प्रमुख प्राथमिकतामा रहने धारणा राखे । नगर विकासका प्रतिवद्धतासंगै उनले आफूले पहिलो र अन्तिम पटक मेयरको निर्वाचन लडेको बताए । ‘यो मेरो मेयरको अन्तिम उम्मेदवारी हो’उनले भने ,‘हारेपनि जितेपनि फेरि मेयरमा उठ्दिनँ ।’ अब संसदीय निर्वाचनमा समेत नउठ्ने उनले घोषणा गरे । बोलेको कुरा पूरा गर्ने नैतिकता आफूमा रहेको बताउँदै उनले भ्रष्टाचार गरेको कसैले प्रमाण दिए पद त्याग्ने घोषणा समेत गरे ।

कार्यक्रममा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार सीपी कडरियाले बदर मत कम गर्न आफूहरुले नै मतदाता शिक्षा कार्यक्रम संचालन गर्न लागेको जानकारी दिए । गत स्थानीय निर्वाचनमा बिर्तामोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीको मात्र करिव दुई हजार मत बदर भएको थियो । संविधानसधा सदस्य तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले गठबन्धनको संयुक्त कार्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल , महाधिवेशन प्रतिनिधि सीता पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रममा ४ हजार १ सदस्यीय निर्वाचन मूल परिचालन समिति गठन गरिएको जानकारी दिइयो । कांग्रेसका क्षेत्र नं २ प्रदेश क का सभापति लक्ष्मी आचार्य संयोजक रहेको सो समितिको सहसंयोजकमा माओवादीका नगर इन्चार्ज युवराज दाहाल रहेका छन् ।

त्यस्तै आचार्यकै संयोजकत्वमा स्टेरिङ कमिटी बनाइएको छ भने सुधिरकुमार शिवाकोटीको संयोजकत्वमा सल्लाहकार समिति , जगन्नाथ भट्टराईको संयोजकत्वमा कार्यालय व्यवस्थापन समिति , सजेश शिवाकोटीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, इन्द्रसिंह राजवंशीको संयोजकत्वमा प्रचारप्रसार तथा मिडिया परिचालन  उपसमिति , रमेश चौधरीको संयोजकत्वमा युवा परिचालन उपसमिति निर्माण गरिएको छ । निर्वाचन मूल परिचालन समितिका संयोजक आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन युवराज दाहालले गरेका थिए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago