बिर्तामोड , नेपाली कांग्रेसका तर्फबाट बिर्तामोड नगरपालिकाको मेयरका उम्मेदवार भोजराज सिटौलाले नगर र नगरबासीको हितमा खुलेर सहयोगको घोषणा गरेका छन् ।
बिर्तामोड नगरपालिकामा दुईदलीय गठबन्धनको संयुक्त कार्यालयको उद्घाटनका क्रममा उम्मेदवार सिटौलाले आफूले मेयर जिते वर्षमा ९ लाख रुपैयाँ खर्च हुने मेयरको नगरपालिकाको गाडी नचढ्ने घोषणा गरे । वर्षमा ९ लाख रुपैयाँ खर्च हुने मेयरको गाडी आफूले प्रयोग नगर्ने त्यसलाई नगरबासीका लागि एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरे । त्यस्तै उनले आफूले पाउने सेवासुविधाको ५० प्रतिशत रकम खेलकुद क्षेत्रका लागि खर्च गर्ने समेत घोषणा गरे । चर्चित डोमालाल राजवंशी रंगशाला रहेको बिर्तामोडका सयौ खेलाडीका लागि एकजना प्रशिक्षक समेत नगरपालिकाले नियुक्त गर्न नसक्नु दुर्भाग्य भएको भन्दै उनले आफू पनि खेलाडी भएकाले खेल र खेलाडीको मर्म बुझेर काम गर्ने दावी गरे । उनले नगरको खेलकुद विकास समितिमा राजनीतिक नियुक्ति गर्न नहुने भन्दै आफूले चुनाव जिते विज्ञहरुबाटै खेलकुद समिति निर्माण गर्ने समेत प्रतिबद्धता जनाए ।
नगरका सबै अव्यवस्थित सुकुम्बासीहरुलाई जग्गाधनी बनाउने उद्घोष गरेका सिटौलाले विपन्न परिवार आफ्नो प्रमुख प्राथमिकतामा रहने धारणा राखे । नगर विकासका प्रतिवद्धतासंगै उनले आफूले पहिलो र अन्तिम पटक मेयरको निर्वाचन लडेको बताए । ‘यो मेरो मेयरको अन्तिम उम्मेदवारी हो’उनले भने ,‘हारेपनि जितेपनि फेरि मेयरमा उठ्दिनँ ।’ अब संसदीय निर्वाचनमा समेत नउठ्ने उनले घोषणा गरे । बोलेको कुरा पूरा गर्ने नैतिकता आफूमा रहेको बताउँदै उनले भ्रष्टाचार गरेको कसैले प्रमाण दिए पद त्याग्ने घोषणा समेत गरे ।
कार्यक्रममा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार सीपी कडरियाले बदर मत कम गर्न आफूहरुले नै मतदाता शिक्षा कार्यक्रम संचालन गर्न लागेको जानकारी दिए । गत स्थानीय निर्वाचनमा बिर्तामोडमा राष्ट्रिय प्रजातन्त्र पार्टीको मात्र करिव दुई हजार मत बदर भएको थियो । संविधानसधा सदस्य तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले गठबन्धनको संयुक्त कार्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल , महाधिवेशन प्रतिनिधि सीता पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा ४ हजार १ सदस्यीय निर्वाचन मूल परिचालन समिति गठन गरिएको जानकारी दिइयो । कांग्रेसका क्षेत्र नं २ प्रदेश क का सभापति लक्ष्मी आचार्य संयोजक रहेको सो समितिको सहसंयोजकमा माओवादीका नगर इन्चार्ज युवराज दाहाल रहेका छन् ।
त्यस्तै आचार्यकै संयोजकत्वमा स्टेरिङ कमिटी बनाइएको छ भने सुधिरकुमार शिवाकोटीको संयोजकत्वमा सल्लाहकार समिति , जगन्नाथ भट्टराईको संयोजकत्वमा कार्यालय व्यवस्थापन समिति , सजेश शिवाकोटीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति, इन्द्रसिंह राजवंशीको संयोजकत्वमा प्रचारप्रसार तथा मिडिया परिचालन उपसमिति , रमेश चौधरीको संयोजकत्वमा युवा परिचालन उपसमिति निर्माण गरिएको छ । निर्वाचन मूल परिचालन समितिका संयोजक आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन युवराज दाहालले गरेका थिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…