काठमाडौं: नेपाल सरकारले जेठ एक गतेदेखि लागु हुने गरी सातामा दुई दिन विदा दिने निर्णय सँगै शेयर बजार सातामा चार दिन मात्रै खुला हुने भएको छ । सरकारले शनिवार र आइतबार दुई दिन सार्वजनिक विदा दिदा अहिले सातामा दुई दिन कारोबार बन्द हुँदै आएको शेयर बजारमा अव तिन दिन बन्द हुने देखिएको छ ।
हाल शुक्रवार र शनिवार कारोबार बन्द हुँदै आएको छ । शुक्रवार राफसाफ लगायतका काम गर्नका लागि विदा दिने गरिएकोले सार्वजनिक विदाको दिन बढ्दा शुक्रवार पनि कारोबार खुला हुने अवस्था न्यून छ । यदि नेप्सेले शुक्रवार कारोबार खुला गर्ने निर्णय गरेन भने अवदेखि सातामा चार दिन मात्रै कारोबार खुला हुनेछ ।
अर्को तर्फ कार्यालय खुल्ने समय विहान ३० मिनेट र बेलुका ३० मिनेट बढाइएकोले नेप्सेले पनि कारोबार खुल्ने समय थप्न सक्ने सम्भावना पनि उत्तीकै रहन्छ । नेपाल सरकारले गरेको निर्णयलाई मात्रै आधार मान्ने हो भने अव सातामा तीन दिन शेयर बजार बन्द हुन्छ भने ४ दिन मात्रै खुला हुने देखिन्छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…