काठमाडौं : सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवै म्युचुअल फन्डको चैत मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । जसमा सानिमा इक्विटी फन्डको न्याभ ८४ पैसाले घटेर १६ रुपैयाँ ०४ पैसा कायम भएको छ । फागुनमा यस फन्डको न्याभ १६ रुपैयाँ ८८ पैसा थियो । यता, यस फन्डको सूचीकृत सेयरमा रहेको लगानी पनि १ अर्ब ३८ करोड रुपैयाँबाट घटेर १ अर्ब ३३ करोड रुपैयाँ कायम भएको छ ।
चैत मसान्तमा यस फन्डको बैंक मौज्दात घटेको छ । फागुन महिना ४९ करोड ४२ लाख रहेको बैंक मौज्दात यो महिनामा घटेर ४८ करोड ३१ लाख रुपैयाँमा झरेको छ । यस अवधिमा फन्डले विभिन्न म्युचुअल फन्डसहित ९२ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
यता, सानिमा क्यापिटलको अर्को योजना सानिमा लार्ज क्याप फन्डको न्याभ पनि ३८ पैसाले घटेर ९ रुपैयाँ ८२ पैसा कायम भएको छ । फागुनमा यस फन्डको न्याभ १० रुपैयाँ २० पैसा थियो । यता, यस फन्डको सूचीकृत सेयरमा रहेको लगानी भने ५९ करोड ९४ लाख रुपैयाँबाट बढेर ६१ करोड २९ लाख रुपैयाँ कायम भएको छ ।
चैत मसान्तमा यस फन्डको बैंक मौज्दात घटेको छ ।
फागुन महिनामा ५२ करोड ३१ लाख रहेको बैंक मौज्दात यो महिनामा घटेर ४६ करोड ९१ लाख रुपैयाँमा झरेको छ । यस अवधिमा फन्डले विभिन्न म्युचुअल फन्डसहित ७० वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…