आज तीव्र उतारचढावका बीच बढेर बन्द भयो नेप्से

काठमाडौं: बुधबार तीव्र उतारचढावका बीच नेप्से परिसूचक बढेर बन्द भएको छ। मध्यान्हसम्म नकारात्मक रहेको नेप्से, सोपश्चात उकालो लागेर अन्तिम समयसम्ममा सकारात्मक भएर बन्द भएको हो। बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर २३७६.१७ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंक बढेको छ।

यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो दिन १ अर्ब ४ करोडको शेयर खरिदबिक्री भएकोमा २२८ स्टकको २३ हजार ५३४ पटकको कारोबारमा १ अर्ब ८ करोड ९९ लाख ९२ हजार रुपैयाँ बराबरको २८ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार नेप्से सामान्य अंकले बढेपनि जाल्पा लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य १० प्रतिशत अर्थात ९४ रुपैयाँ ४० पैसा बढेर १ हजार ३८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल फाइनान्सको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ भने राधी विद्युत कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ।

यस दिन शेयरमूल्य घटेका कम्पनीहरुको गिरावट दर भने सामान्य रहेको छ। यस दिन चार स्टकको मूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी, नेपाल फाइनान्स र नबिल बैंकको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

बुधबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.८२ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१९ प्रतिशत बढेको छ। यता बैंकिङ्ग, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक घटेका छन्।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago