आज तीव्र उतारचढावका बीच बढेर बन्द भयो नेप्से

काठमाडौं: बुधबार तीव्र उतारचढावका बीच नेप्से परिसूचक बढेर बन्द भएको छ। मध्यान्हसम्म नकारात्मक रहेको नेप्से, सोपश्चात उकालो लागेर अन्तिम समयसम्ममा सकारात्मक भएर बन्द भएको हो। बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर २३७६.१७ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंक बढेको छ।

यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो दिन १ अर्ब ४ करोडको शेयर खरिदबिक्री भएकोमा २२८ स्टकको २३ हजार ५३४ पटकको कारोबारमा १ अर्ब ८ करोड ९९ लाख ९२ हजार रुपैयाँ बराबरको २८ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बुधबार नेप्से सामान्य अंकले बढेपनि जाल्पा लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य १० प्रतिशत अर्थात ९४ रुपैयाँ ४० पैसा बढेर १ हजार ३८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन नेपाल फाइनान्सको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ भने राधी विद्युत कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ।

यस दिन शेयरमूल्य घटेका कम्पनीहरुको गिरावट दर भने सामान्य रहेको छ। यस दिन चार स्टकको मूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन हिमालयन डिष्टिलरी, नेपाल फाइनान्स र नबिल बैंकको ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

बुधबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ४ उपसमूहको घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.८२ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१९ प्रतिशत बढेको छ। यता बैंकिङ्ग, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक घटेका छन्।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago