काठमाडौं: डेरामा बस्नेबाट घरवेटीले महंगो बिजुली शुल्क लिइरहेको गुनासो आइरहेका बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महंगो शुल्क लिने घरवेटीका बारेमा प्रधिकरणमा उजुरी गर्न आग्रह गरेका छन् ।
प्राधिकरणमा बुधबार पत्रकारसँगको भेटमा उनले बिजुली शुल्क महंगो लिने घरवेटीलाई प्राधिकरणमा उजुरी दिन डेरावालहरुलाई सुझाव दिएका हुन् ।
‘युनिटकै १५ रुपैयाँ लिइरहेका घरवेटी छन् भने उनीहरुका सम्बन्धमा प्राधिकरणमा उजुरी गर्नुस,’ प्राधिकरणका कार्यकारी निर्देशकले घिसिङले भने । प्राधिकरणले बढी शुल्क लिने घरवेटीलाई काराबाही गर्ने गरी कानुनी व्यवस्था गरेको छ । त्यही आधारमा बढी शुल्क लिने घरवेटीलाई प्राधिकरणले कारबाही गर्नेे बताउँदै आएको छ ।
तर, प्राधिकरणले भने अहिलेसम्म बढी शुल्क लिने घरवेटीलाई कारबाही गरेको भने पाइएको छैन् ।
त्यसैगरी, प्राधिकरणले रुस र युक्रेनको युद्धका कारण कोइलाको अभाव र मूल्य पनि चार गुणासम्म बढेका कारण ऊर्जाको चरम संकट उत्पन्न भएको जनाएको छ । ‘त्यसको असर भारतमा पनि परेको छ,’ उनले भने, ‘भारतमा ऊर्जा संकट उत्पन्न भएका कारण भारतबाट आयात हुने बिजुलीमा पनि कटौती हुने अवस्था आउन सक्छ,’ उनले भने, ‘भारतबाट आउने बिजुली कटौतीले नेपालका उद्योगमा दिँदै आएको कटौती पनि हुन सक्छ ।’
यस्तो समस्या १०÷१५ दिन भित्रमा समाधान हुने पनि घिसिङले बताए । हिउँ पग्लिन थालेकाले पनि बिजुलीको धेरै समस्या नहुने जिकिर पनि घिसिङले गरे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…