काठमाडौं: डेरामा बस्नेबाट घरवेटीले महंगो बिजुली शुल्क लिइरहेको गुनासो आइरहेका बेला नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महंगो शुल्क लिने घरवेटीका बारेमा प्रधिकरणमा उजुरी गर्न आग्रह गरेका छन् ।
प्राधिकरणमा बुधबार पत्रकारसँगको भेटमा उनले बिजुली शुल्क महंगो लिने घरवेटीलाई प्राधिकरणमा उजुरी दिन डेरावालहरुलाई सुझाव दिएका हुन् ।
‘युनिटकै १५ रुपैयाँ लिइरहेका घरवेटी छन् भने उनीहरुका सम्बन्धमा प्राधिकरणमा उजुरी गर्नुस,’ प्राधिकरणका कार्यकारी निर्देशकले घिसिङले भने । प्राधिकरणले बढी शुल्क लिने घरवेटीलाई काराबाही गर्ने गरी कानुनी व्यवस्था गरेको छ । त्यही आधारमा बढी शुल्क लिने घरवेटीलाई प्राधिकरणले कारबाही गर्नेे बताउँदै आएको छ ।
तर, प्राधिकरणले भने अहिलेसम्म बढी शुल्क लिने घरवेटीलाई कारबाही गरेको भने पाइएको छैन् ।
त्यसैगरी, प्राधिकरणले रुस र युक्रेनको युद्धका कारण कोइलाको अभाव र मूल्य पनि चार गुणासम्म बढेका कारण ऊर्जाको चरम संकट उत्पन्न भएको जनाएको छ । ‘त्यसको असर भारतमा पनि परेको छ,’ उनले भने, ‘भारतमा ऊर्जा संकट उत्पन्न भएका कारण भारतबाट आयात हुने बिजुलीमा पनि कटौती हुने अवस्था आउन सक्छ,’ उनले भने, ‘भारतबाट आउने बिजुली कटौतीले नेपालका उद्योगमा दिँदै आएको कटौती पनि हुन सक्छ ।’
यस्तो समस्या १०÷१५ दिन भित्रमा समाधान हुने पनि घिसिङले बताए । हिउँ पग्लिन थालेकाले पनि बिजुलीको धेरै समस्या नहुने जिकिर पनि घिसिङले गरे ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…