जुम्ला: जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाको मेयरका लागि ९ जनाको उम्मेदवारी परेको छ । मेयरमा एक जना महिला र ८ जना पुरुषको उम्मेदवारी परेको हो ।
मेयरमा उम्मेदवारी दिने महिलामा जयलक्ष्मी चौलागाईं रहेकी छन् । नगर उपप्रमुखमा ८ जनाको उम्मेदवारी परेको छ । जसमा २ जना पुरुषले पनि उम्मेदवारी दिएका छन् ।
नगरपालिकामा १० वडा छन् । १० वडाध्यक्षका लागि ६९ जनाको उम्मेदवारी परेको छ । जसमा ३ जना महिला उम्मेदवार छिन् । ६६ जना पुरुषले वडाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले महिला सदस्यमा ४०,दलित सदस्यमा ४० र खुला सदस्यमा ९४ जनाको उम्मेदवारी परेको छ । खुला सदस्यका लागि ४ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।
कुल ५२ पदका लागि २ सय ६६ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…