विश्व वित्तीय सप्ताह ‘ग्लोबल मनि विक २०२२’

काठमाडौं: विश्व वित्तीय सप्ताह ‘ग्लोबल मनि विक २०२२’ का अवसरमा आज काठमाडौंमा वित्तीय प्रणालीका नियामक निकायहरुको समन्वय एवम् सहभागितामा वित्तीय साक्षरता र्याली आयोजना गरिएको छ । र्यालीमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकहरु कमल प्रसाद रेग्मी, सुशीलदेव सुवेदी, पुजन ढुङ्गेल अधिकारी तथा दिनेश कुमार लाल र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यसैगरी, र्यालीमा नेपाल धितोपत्र बोर्ड, विभिन्न बैंक, बीमा कम्पनी, स्टक एक्सचेन्ज, वित्तीय संस्था र वित्तीय तालिम प्रदायक निकायहरुका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । काठमाडौंको भद्रकालीबाट सुरु भएको र्याली टुडिखेल परिक्रमा गरी भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशका दुरदराजका ग्रामीण भेगसम्म वित्तीय परिचालकहरु खटाएर वित्तीय साक्षरतालाई व्यापकरुपमा अगाडी बढाउन नियामक निकायहरु लगायत सम्बन्धित संस्थाहरुलाई आग्रह गरेका छन् । उनले रकमको बुद्धिमतापुर्वक प्रयोग गर्न, उचित प्रतिफल प्राप्त हुनेगरी पारदर्शी किसिमले काम गर्न वित्तीय क्षेत्रको सुधारमा लगान सम्बन्धित सबैको ध्यानाकर्षण गरे ।

अर्थमन्त्री शर्माले पूँजी बजारमा छरिएर रहेका रकमलाई एकत्रित गरेर देशका पूर्वाधार तथा उत्पादनका क्षेत्रमा लगानीका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्न सम्बन्धित नियामक निकायहरुलाई निर्देशन दिए । साधै, उनले लगानीको सुरक्षा गर्न र पूँजी बजारमा देखिएका इन्साइडर ट्रेडिङ लगायतका विकृतिहरुलाई नियन्त्रण गरी पूँजी बजारलाई व्यवस्थितरुपले अगाडी बढाउन पनि निर्देशन दिए ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल विशेष अतिथि रहेको यस कार्यक्रमको सभापतित्व नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले गरेका थिए । एक सातादेखी वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण, हाजिरी जवाफ, अन्तर्क्रिया लगायतका कार्यक्रमहरु आयोजना गरिएको विश्व वित्तीय सप्ताहको अन्तिम दिन आज वित्तीय साक्षरता र्याली सहित सभाको आयोजना गरिएको हो । नेपाल सहित विश्वका १७६ देशमा विश्व वित्तीय सप्ताह एकैसाथ मनाइएको त्यस अवसरमा जानकारी दिइएको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago