क्यापिटल प्लानले बढेन शेयर बजार, अन्य पोर्टफेलियो बेचर बीमाको शेयर उठाउन खोज्दा उल्टै घट्यो

काठमाडौं: बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीको पूँजी बृद्धि गर्दा पनि आइतबार जीवन बीमाको सूचक उल्टै घटेको छ । कारोबार सुरु हुने वित्तीकै बीमा कम्पनीको शेयर मूल्यमा अत्याधिक आकर्षण देखिएको थियो ।

बीमा कम्पनीको शेयर मूल्य बढ्ने अपेक्षामा लगानीकर्ताले आफु सँग भएको अन्य पोर्टफेलियो बिक्री गरेर बीमा कम्पनीको शेयर उठाएका थिए । यसरी बीमा कम्पनीको शेयर खरिद गर्न अन्य पोर्टफेलियो बिक्री गर्दा समग्र शेयर बजार नै घटेको हो । अन्तिममा बीमा कम्पनीका साथ साथै अन्य कम्पनीको शेयर मूल्यमा पनि गिरावट आएको हो ।

बीमा समितिले गत बिहीबार जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे दुई अर्ब रुपैयाँ पुर्याएको थियो । समितिले कम्पनीहरुलाई एक महिना भित्रमा क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको छ । २०७९ चैत मसान्त भित्रमा तोकिएको पूँजी जुटाउने गरी दिइएको निर्देशनले शेयर बजार बढ्ने अपेक्षा गरेको गरिएको थियो ।

तर बीमा समितिको क्यापिटल प्लानले शेयर बजार बढ्नुको सट्टा उल्टै घट्यो । लगानीकर्ताले अन्य पोर्टफेलियो बिक्री गरेर बीमा कम्पनीको शेयर उठाउदा कारोबार रकम पनि बढेको छ । साविकका दिनमा २/३ अर्बमा सिमित कारोबार आज भने झण्डै ५ अर्बको कारोबार भएको छ ।

आइतबार नेप्से सूचक ४१.४३ अंकले घटेर २५७२.२३ अंकमा झरेको छ । निर्जीवन बीमा बाहेक सम्पुर्ण सूचकमा गिरावट देखिएको छ । निर्जीवन बीमाको सूचक १३३ अंकले सुधार भएको छ । भने जीवनको ९८.६१ अंकले घटेको छ । निर्जीवन बाहेक सम्पुर्ण सूचक तथा उपसूचक घटेका छन् ।

आज सर्वाधिक धेरै बढ्ने क्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले सुधार भएको छ । त्यस्तै इमर्जीङ नेपाल र राष्ट्र उत्थानको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बीमा कम्पनी मध्ये सबैभन्दा धेरै सानिमा जरल र जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago