काठमाडौं: बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीको पूँजी बृद्धि गर्दा पनि आइतबार जीवन बीमाको सूचक उल्टै घटेको छ । कारोबार सुरु हुने वित्तीकै बीमा कम्पनीको शेयर मूल्यमा अत्याधिक आकर्षण देखिएको थियो ।
बीमा कम्पनीको शेयर मूल्य बढ्ने अपेक्षामा लगानीकर्ताले आफु सँग भएको अन्य पोर्टफेलियो बिक्री गरेर बीमा कम्पनीको शेयर उठाएका थिए । यसरी बीमा कम्पनीको शेयर खरिद गर्न अन्य पोर्टफेलियो बिक्री गर्दा समग्र शेयर बजार नै घटेको हो । अन्तिममा बीमा कम्पनीका साथ साथै अन्य कम्पनीको शेयर मूल्यमा पनि गिरावट आएको हो ।
बीमा समितिले गत बिहीबार जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे दुई अर्ब रुपैयाँ पुर्याएको थियो । समितिले कम्पनीहरुलाई एक महिना भित्रमा क्यापिटल प्लान पेश गर्न निर्देशन दिएको छ । २०७९ चैत मसान्त भित्रमा तोकिएको पूँजी जुटाउने गरी दिइएको निर्देशनले शेयर बजार बढ्ने अपेक्षा गरेको गरिएको थियो ।
तर बीमा समितिको क्यापिटल प्लानले शेयर बजार बढ्नुको सट्टा उल्टै घट्यो । लगानीकर्ताले अन्य पोर्टफेलियो बिक्री गरेर बीमा कम्पनीको शेयर उठाउदा कारोबार रकम पनि बढेको छ । साविकका दिनमा २/३ अर्बमा सिमित कारोबार आज भने झण्डै ५ अर्बको कारोबार भएको छ ।
आइतबार नेप्से सूचक ४१.४३ अंकले घटेर २५७२.२३ अंकमा झरेको छ । निर्जीवन बीमा बाहेक सम्पुर्ण सूचकमा गिरावट देखिएको छ । निर्जीवन बीमाको सूचक १३३ अंकले सुधार भएको छ । भने जीवनको ९८.६१ अंकले घटेको छ । निर्जीवन बाहेक सम्पुर्ण सूचक तथा उपसूचक घटेका छन् ।
आज सर्वाधिक धेरै बढ्ने क्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले सुधार भएको छ । त्यस्तै इमर्जीङ नेपाल र राष्ट्र उत्थानको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बीमा कम्पनी मध्ये सबैभन्दा धेरै सानिमा जरल र जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…