चीनका परराष्ट्रमन्त्री वाङ र ओली बिच बिशेष छलफल, के के भयो कुरा

काठमाडौँ: एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसिएटिभ(बीआरआई)अन्तर्गतका परियोजना छिटो अघि बढाउनेसहित नेपाल सरोकारका आधा दर्जन विषयमा चिनियाँ स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीसँगको छलफलमा उठाएका छन् ।
होटल म्यारिएटमा भएको भेटमा अध्यक्ष ओलीले परियोजनाहरुलाई चाँडो अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
‘दुई पक्षीय मामिलाका सबै विषयमा कुराकानी भए । नेपाल चीनबीचका समझदारीमाथि छलफल भए,’ एमाले विदेश विभागका प्रमुख राजन भट्टराईले भने, ‘बीआरआई अन्तर्गतका योजनाहरु अघि बढाउन र गति दिनका लागि हाम्रो जोड रह्यो ।’

करिब ५० मिनेट भएको भेटमा अध्यक्ष ओलीले बन्द रहेका नाकाहरु खोल्न, कोरोनाका कारण बीचमै अध्ययन छाडेर नेपाल फर्किएका विद्यार्थीहरुले अध्ययन पूरा गर्ने वातावरण बनाउन, हुम्लाको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई फर्किने वातावरण बनाउन, कोरोला नाकामा भौतिक पूर्वाधार विकास, कोभिडको नियन्त्रणका लागि सहयोग विषयमा छलफल गरेका थिए ।
भट्टराईका अनुसार अहिले नेपालीले भोगिरहेका समस्याका विषयमा पनि चिनियाँ विदेशमन्त्रीसँग आग्रह गरिएको बताएका छन् ।

‘नाका छिटो खोलियोस् । मानिस र सामग्रीहरु आवातजावातको गर्ने वातावरण रहोस् भनेर भन्यौं,’ भट्टराईले भने, ‘कोरोनाका कारण चीनमा अध्ययन गरिररहेका विद्यार्थीहरुले बीचमै अध्ययन छाडेर स्वदेश फर्किएका छिटो समाधान होस् । ’

त्यसैगरी कोरोनाका कारण हुम्ला सीमा क्षेत्रमा रोकिएका नेपालीहरु स्वदेश फर्किने वातावरण बनाइदिन आग्रह गरेको उनले बताए ।

त्यसैगरी मुस्ताङको कोरोला नाकामा नेपालतर्फको संरचना निर्माणमा पनि चिनियाँ सहयोग हुनुपर्नेमा ओलीको जोड रहेको थियो । ‘चीनले आफ्नोतर्फ त्यस प्रकारको पूर्वधार निर्माण गरेको छ । नेपालतर्फ पनि सहयोग होस् भनेका छौं,’ भट्टराईले भने । कोरोना महामारी नियन्त्रणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै ओलीले आगामी दिनमा पनि त्यसअनुसारको सहयोग प्राप्त भइरहने विश्वास व्यक्त गरेका थिए ।

त्यसैगरी विभिन्न कारणले परियोजनाहरुले गति लिन नसकेको अवस्थामा खासगरी बीआरआई अन्तर्गतको परियोजना छिटोभन्दा छिटो अघि बढाउने विषयमा पनि ध्यानाकर्षण गराएको थियो । ‘चीनले पनि त्यसमा गति दिनुपर्‍यो,’ भट्टराईले भने ।

प्रतिउत्तरमा चिनियाँ विदेशमन्त्री वाङले सबै विषयलाई सकारात्मक रुपमा लिएको र सामाधान लागि प्रयास जारी रहने जानकारी गराएका थिए । ‘समाधान गर्न पहल हुन्छ । हामी समस्या समाधानको प्रक्रियाका लागि केही समय लाग्न सक्छ तर, समस्याको समाधान हुन्छ भनेर उहाँले भन्नुभयो’ भट्टराईले भने ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago