चितवनमा यसपटक माओवादीले कांग्रेसलाई सघाउनुपर्छ

काठमाडौँ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् चितवनका पूर्वसभापति टेकप्रसाद गुरूङले चितवन कांग्रेस गठबन्धन विरोधी नभएको बताएका छन् । तर लामो समयसम्म चुनावमा आफ्नो उम्मेदवार नउठाएर अरु दललाई सघाउँदा त्यसले पार्टीको संगठन छिन्नभिन्न हुने उनले बताए । हामी गठबन्धनको विरोधी होइन । तर, चितवनमा २ पटक गठबन्धन गरेका छौं । १० वर्षसम्म पार्टीमा भोट नहाल्दा पार्टी छिन्नभिन्न हुने भयो,’ उनले भने, ‘त्यसैले यसपटक भरतपुर महानगरपालिका हामीले पाउनुपर्छ ।’
नेता गुरुङले सानेपास्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै यसपटक माओवादी केन्द्रले कांग्रेसलाई सघाउनुपर्ने बताएका थिए ।

‘चितवनमा हिजो म सभापति हुँदा चारै क्षेत्र कांग्रेसले जितेको हो । मैले पनि जितेको हुँ,’ उनले भने, ‘अहिले पनि गठबन्धनको कुरा उठेको छ । चितवनमा फेरि प्रचण्डजी र उहाँकै छोरी रेणुलाई छाडिदिने कुरा भइरहेको छ, बाउ–छोरीलाई नै एकैठाउँमा दिएर हामी चाहिँ के ताली पिटेर बस्ने ?’
उनले चितवनमा कांग्रेस बलियो छ भनेर सभापति शेरबहादुर देउवालाई बिफ्रिङ नपुगेको पनि बताएका थिए । ‘हाम्रो कुरा सभापतिले सुन्नुपर्छ । हामीले विगतमा पनि जितेका हौं, यसपटक पनि जित्छौं,’ उनले भने, ‘गठबन्धन नै गर्ने हो भने चितवनमा यसपटक माओवादीले हामीलाई सघाउनुपर्छ ।’

उनले भरतपुरमा यसपटक रेणु दाहालले चुनाव जित्न नसक्ने पनि दाबी गरेका छन् । ‘यदि पहिलेकै जस्तो जबर्जस्ती गठबन्धन लाद्ने काम भयो भने सहेर बस्दैनौं, हामीले गठबन्धन गर्दा त्यसले एमालेलाई फाइदा नहोस्,’ उनले भने । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवनमा गठबन्धन गर्न नहुने भन्दा सभापति देउवाले एक्लै लडेर जितेर देखाउन चुनौती दिएका थिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago