चितवनमा यसपटक माओवादीले कांग्रेसलाई सघाउनुपर्छ

काठमाडौँ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् चितवनका पूर्वसभापति टेकप्रसाद गुरूङले चितवन कांग्रेस गठबन्धन विरोधी नभएको बताएका छन् । तर लामो समयसम्म चुनावमा आफ्नो उम्मेदवार नउठाएर अरु दललाई सघाउँदा त्यसले पार्टीको संगठन छिन्नभिन्न हुने उनले बताए । हामी गठबन्धनको विरोधी होइन । तर, चितवनमा २ पटक गठबन्धन गरेका छौं । १० वर्षसम्म पार्टीमा भोट नहाल्दा पार्टी छिन्नभिन्न हुने भयो,’ उनले भने, ‘त्यसैले यसपटक भरतपुर महानगरपालिका हामीले पाउनुपर्छ ।’
नेता गुरुङले सानेपास्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै यसपटक माओवादी केन्द्रले कांग्रेसलाई सघाउनुपर्ने बताएका थिए ।

‘चितवनमा हिजो म सभापति हुँदा चारै क्षेत्र कांग्रेसले जितेको हो । मैले पनि जितेको हुँ,’ उनले भने, ‘अहिले पनि गठबन्धनको कुरा उठेको छ । चितवनमा फेरि प्रचण्डजी र उहाँकै छोरी रेणुलाई छाडिदिने कुरा भइरहेको छ, बाउ–छोरीलाई नै एकैठाउँमा दिएर हामी चाहिँ के ताली पिटेर बस्ने ?’
उनले चितवनमा कांग्रेस बलियो छ भनेर सभापति शेरबहादुर देउवालाई बिफ्रिङ नपुगेको पनि बताएका थिए । ‘हाम्रो कुरा सभापतिले सुन्नुपर्छ । हामीले विगतमा पनि जितेका हौं, यसपटक पनि जित्छौं,’ उनले भने, ‘गठबन्धन नै गर्ने हो भने चितवनमा यसपटक माओवादीले हामीलाई सघाउनुपर्छ ।’

उनले भरतपुरमा यसपटक रेणु दाहालले चुनाव जित्न नसक्ने पनि दाबी गरेका छन् । ‘यदि पहिलेकै जस्तो जबर्जस्ती गठबन्धन लाद्ने काम भयो भने सहेर बस्दैनौं, हामीले गठबन्धन गर्दा त्यसले एमालेलाई फाइदा नहोस्,’ उनले भने । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवनमा गठबन्धन गर्न नहुने भन्दा सभापति देउवाले एक्लै लडेर जितेर देखाउन चुनौती दिएका थिए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago