के नेपाली कांग्रेस भारतीय कांग्रेसकै जस्तो अवस्थामा पुग्छ?

काठमाडौँ: नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसले आसन्न निर्वाचनमा सत्ता गठबन्धन दलहरूसँग चुनावी गठबन्धन गरेर अघि बढ्नुपर्ने बताएकी छन् । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी बैठकमा प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेतृ कोइरालाले चुनावमा गठबन्धन गरेर जानु पार्टीका लागि उपयुक्त हुने बताएकी हुन् ।
उनले हिजो गठबन्धनकै कारण कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्री पाएको भन्दै अहिले चुनावमा अन्य दलहरूसँगको गठबन्धन तोड्नु ठीक नहुने बताइन् ।
‘गठबन्धन गरेर जाने कि नजाने भन्ने छलफल भइरहेको छ । गठबन्धन गरेरै जानुपर्छ भन्ने मेरो धारणा छ । हामी कमजोर भएको ठाउँमा छाड्नुपर्छ, बलियो भएको ठाउँमा हामीले उम्मेदवारी दिनुपर्छ भन्ने मेरो धारणा छ,’ नेतृ कोइरालाले भनिन्, ‘गठबन्धनका कारण प्रधानमन्त्री र मुख्यमन्त्री हामीले पाएका छौं । चुनावका मुखमा विवाद गर्नु राम्रो होइन ।’

उनले गठबन्धन गर्दैमा नेपाली कांग्रेस पनि भारतीय कांग्रेसकै जस्तो हुन्छ भनेर तर्क गर्न नमिल्ने बताइन् । ‘पार्टीभित्र गुट-उपगुटको अन्त्य गर्नुपर्छ । गठबन्धन गर्दैमा नेपाली कांग्रेस भारतीय कांग्रेसजस्तो हुन्छ भनेर निराशाजनक कुरा गर्नु हुँदैन,’ उनले भनिन्, ‘नेपाली कांग्रेस विलय हुँदैन । एमसीसी पास भएको छ । चिनियाँ विदेशमन्त्री आउनुभएको छ, चीनसँग पनि ९ बुँदे सहमति भएको छ, एमसीसी र चीनसँगको सम्झौताले नेपाललाई विकासपथमा अघि बढाउँछ ।’

उनले आगामी चुनावमा कांग्रेसले बहुमत स्थानमा जित हासिल गर्ने दाबीसमेत गरिन् । पार्टीको बैठकमा गठबन्धन गर्ने वा नगर्ने बहस चलिरहेका बेला नेता शेखर कोइरालाले शनिबार एक सार्वजनिक कार्यक्रममा गठबन्धन गर्दै जाने हो भने नेपाली कांग्रेसको अवस्था समेत भारतीय कांग्रेसकै जस्तो हुनसक्ने बताएका थिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago