के नेपाली कांग्रेस भारतीय कांग्रेसकै जस्तो अवस्थामा पुग्छ?

काठमाडौँ: नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले कांग्रेसले आसन्न निर्वाचनमा सत्ता गठबन्धन दलहरूसँग चुनावी गठबन्धन गरेर अघि बढ्नुपर्ने बताएकी छन् । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी बैठकमा प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेतृ कोइरालाले चुनावमा गठबन्धन गरेर जानु पार्टीका लागि उपयुक्त हुने बताएकी हुन् ।
उनले हिजो गठबन्धनकै कारण कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्री पाएको भन्दै अहिले चुनावमा अन्य दलहरूसँगको गठबन्धन तोड्नु ठीक नहुने बताइन् ।
‘गठबन्धन गरेर जाने कि नजाने भन्ने छलफल भइरहेको छ । गठबन्धन गरेरै जानुपर्छ भन्ने मेरो धारणा छ । हामी कमजोर भएको ठाउँमा छाड्नुपर्छ, बलियो भएको ठाउँमा हामीले उम्मेदवारी दिनुपर्छ भन्ने मेरो धारणा छ,’ नेतृ कोइरालाले भनिन्, ‘गठबन्धनका कारण प्रधानमन्त्री र मुख्यमन्त्री हामीले पाएका छौं । चुनावका मुखमा विवाद गर्नु राम्रो होइन ।’

उनले गठबन्धन गर्दैमा नेपाली कांग्रेस पनि भारतीय कांग्रेसकै जस्तो हुन्छ भनेर तर्क गर्न नमिल्ने बताइन् । ‘पार्टीभित्र गुट-उपगुटको अन्त्य गर्नुपर्छ । गठबन्धन गर्दैमा नेपाली कांग्रेस भारतीय कांग्रेसजस्तो हुन्छ भनेर निराशाजनक कुरा गर्नु हुँदैन,’ उनले भनिन्, ‘नेपाली कांग्रेस विलय हुँदैन । एमसीसी पास भएको छ । चिनियाँ विदेशमन्त्री आउनुभएको छ, चीनसँग पनि ९ बुँदे सहमति भएको छ, एमसीसी र चीनसँगको सम्झौताले नेपाललाई विकासपथमा अघि बढाउँछ ।’

उनले आगामी चुनावमा कांग्रेसले बहुमत स्थानमा जित हासिल गर्ने दाबीसमेत गरिन् । पार्टीको बैठकमा गठबन्धन गर्ने वा नगर्ने बहस चलिरहेका बेला नेता शेखर कोइरालाले शनिबार एक सार्वजनिक कार्यक्रममा गठबन्धन गर्दै जाने हो भने नेपाली कांग्रेसको अवस्था समेत भारतीय कांग्रेसकै जस्तो हुनसक्ने बताएका थिए ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago