काँग्रेससँग अन्य दलको तुलना हुनै नसक्ने- सिंह

काठमाडौं: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेससँग अन्य दलको तुलना हुनै नसक्ने बताएका छन् । काँग्रेस जनजनको मनमा बसेको पुरानो र भरपर्दो पार्टी भएको सिंहले बताए । काँग्रेस को एक महिने अभियान अन्तर्गत आइतबार विहान बानेश्वरमा आयोजित कार्यक्रममा उनले वर्तमान सत्ता गठबन्धन काँग्रेसको चाहाना नभइ मुलुकको बाध्यात्मक अवस्था को कारण बनेको बताए ।

संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन निर्माण गरेर जानू पर्ने बाध्यता काँग्रेसलाई आइपरेको कुरा बिर्सन नहुने बताए । स्थानीय निर्वाचनका सम्बन्धमा काँग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुक्त निर्णय लिने सिंहले बताए ।​ पार्टीले गर्ने निर्णय सबैले पालना गरेर जनतामा जानुपर्ने उनको भनाइ छ ।

काँग्रेसका सबै कमिटी हरुले उम्मेदवार सिफारिस गर्दा विधानको परिधिभित्र रहेर गर्न समेत सिंहको आग्रह छ । टिकटका लागि सबैले प्रयास गर्न पाउने भन्दै पार्टी खडा गरेकाे उम्मेदवारलाई एकढिक्का भएर जिताउन लाग्नुपर्ने उनले बताए ।

यस्तै उनले विगतमा अवसर पाउँदा कुन दलले कस्तो काम गरे त्यसको मुल्यांकन गर्ने बेला आएको बताए । सबैलाई मिलाएर काम गर्न सक्ने दल काँग्रेस नै भएकाले काँग्रेसलाई जिताउन लाग्न आग्रह गरे ।
सार्वजनिक बहसमा सहभागी भएर काँग्रेसले गरेका कामबारे प्रचारप्रसारमा लाग्न पर्ने उनले कार्यकर्तालाई निर्देशन दिए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago