काठमाडौं: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेससँग अन्य दलको तुलना हुनै नसक्ने बताएका छन् । काँग्रेस जनजनको मनमा बसेको पुरानो र भरपर्दो पार्टी भएको सिंहले बताए । काँग्रेस को एक महिने अभियान अन्तर्गत आइतबार विहान बानेश्वरमा आयोजित कार्यक्रममा उनले वर्तमान सत्ता गठबन्धन काँग्रेसको चाहाना नभइ मुलुकको बाध्यात्मक अवस्था को कारण बनेको बताए ।
संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन निर्माण गरेर जानू पर्ने बाध्यता काँग्रेसलाई आइपरेको कुरा बिर्सन नहुने बताए । स्थानीय निर्वाचनका सम्बन्धमा काँग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुक्त निर्णय लिने सिंहले बताए । पार्टीले गर्ने निर्णय सबैले पालना गरेर जनतामा जानुपर्ने उनको भनाइ छ ।
काँग्रेसका सबै कमिटी हरुले उम्मेदवार सिफारिस गर्दा विधानको परिधिभित्र रहेर गर्न समेत सिंहको आग्रह छ । टिकटका लागि सबैले प्रयास गर्न पाउने भन्दै पार्टी खडा गरेकाे उम्मेदवारलाई एकढिक्का भएर जिताउन लाग्नुपर्ने उनले बताए ।
यस्तै उनले विगतमा अवसर पाउँदा कुन दलले कस्तो काम गरे त्यसको मुल्यांकन गर्ने बेला आएको बताए । सबैलाई मिलाएर काम गर्न सक्ने दल काँग्रेस नै भएकाले काँग्रेसलाई जिताउन लाग्न आग्रह गरे ।
सार्वजनिक बहसमा सहभागी भएर काँग्रेसले गरेका कामबारे प्रचारप्रसारमा लाग्न पर्ने उनले कार्यकर्तालाई निर्देशन दिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…