जग्गा अधिग्रहण गरेको ४६ वर्षपछि पोखरामा विमानस्थल निर्माण, हस्तान्तरण भयो पोखरा विमानस्थल

पोखरा: जग्गा अधिग्रहण गरेको ४६ वर्षपछि पोखरामा बल्ल क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको छ । चीन सरकारले प्रायः सबै मुख्य संरचना निर्माण सम्पन्न भएको विमानस्थल शनिबार नेपाललाई हस्तान्तरण गरेको हो ।
चीनका विदेशमन्त्री वाङ यीले काठमाडौंमा समकक्षी नारायण खड्कालाई विमानस्थलको चाबी हस्तान्तरण गरे । पोखरामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले विमानस्थल निर्माण गरेको चिनियाँ कम्पनी सीएएमसीई र परामर्शदातालाई कदरपत्र प्रदान गरे ।
विमानस्थलको मुख्य संरचना निर्माणको काम सकिएको विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । यसैगरी सम्पूर्ण उपकरण र औजारको जडानको काम पनि पूरा भएको छ । एयरसाइडतर्फ २५ सय मिटर रनवे, डोमेस्टिक र इन्टरनेसनल एप्रोन, ह्यांगर, आइसोलेटेड पार्किङ, ट्याक्सी वे, एयरफिल्ड ग्राउन्ड लाइटिङलगायत मुख्य काम सकिइसकेका छन् । बिल्डिङतर्फ टर्मिनल, एटीसी टावर, ह्यांगरलगायत १४ वटा भवन बनेका छन् । सबै संरचना बनेर अहिले फिनिसिङका क्रममा छन् । ‘समग्रमा ९३ प्रतिशत काम सकिएको छ,’ उनले भने, ‘निर्माणको काम सकिएकाले सञ्चालन प्रक्रियामा अघि बढेको छ ।’ राष्ट्रिय गौरबको विमानस्थल चीन सरकारको सहुलियतपूर्ण झन्डै २२ अर्ब ऋणमा निर्माण गरिएको हो । आयोजनाको वित्तीय प्रगति भने ७४ प्रतिशत छ । ऋण रकममध्ये ७५ प्रतिशत एक्जिम बैंकको २ प्रतिशत ब्याज र २५ प्रतिशत चीन सरकारको निर्ब्याजी ऋण हो ।

सन् २०२१ जुलाई १० भित्र सक्ने गरी २०७३ वैशाख १ मा विमानस्थलको शिलान्यास गरिएको थियो । तर कोरोनाका कारण आवश्यक उपकरणलगायत सामान आयात र कामदारको समेत अभाव भएपछि एक वर्ष म्याद थपिएको हो । आगामी जुलाई १० भित्र बाँकी काम पनि सकिने मुनकर्मीले बताए ।
विमानस्थलमा बाढीको व्यवस्थापन, रिट्ठेपानी डाँडा काट्ने र पोखरा महानगरको ल्यान्डफिल साइट सार्ने चुनौती छन् । रिट्ठेपानी डाँडा छिट्टै कटान सुरु हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको भनाइ छ । चार महिनाभित्र ल्यान्डफिल्ड साइट नसारिए विमानस्थल सञ्चालनमा नआउने उनले स्पष्ट पारे । ‘डाँडा काटेपछि परीक्षण उडान हुनेछ,’ उनले भने, ‘तर ल्यान्डफिल्ड साइड नसारिए उडान अनिश्चित हुन्छ ।’ ल्यान्डफिल साइट हटाउन पोखरा महानगरले स्थान हेरिरहेको भए पनि अझै यकिन हुन सकेको छैन ।

सन् २०१४ को मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच विमानस्थल निर्माणको ठेक्का सम्झौता भएको थियो । २०१६ मार्च २१ मा नेपाल र चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भयो । नेपाल सरकार र प्राधिकरणबीच २०१६ जुन ५ मा अनुदान ऋण सम्झौता भयो । एक्जिम बैंकले २०१७ मे ३१ बाट ऋण प्रवाह गर्‍यो । २०१७ जुलाई ११ बाट काम सुरु भयो ।

विमानस्थल सञ्चालनमा आएपछि पोखरामा पर्यटकीय गतिविधि थप बढ्ने भएकाले सोहीअनुसार तारे होटलदेखि अन्य पूर्वाधार निर्माण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आलेले निजी क्षेत्रसँग अनुरोध गरे । पोखरामा हुने उडानका लागि कञ्चनपुरबाट बाहिरिने भए पनि भित्रिने रुट अहिलेसम्म यकिन नभएकाले दुईतर्फी रुटका लागि भारतसँग अनुरोध गरिएको उनले बताए । निर्माण कम्पनी सीएएमसीईका अध्यक्ष ली हाई सिनले विमानस्थल निर्माणले ४० वर्षभन्दा बढी समयदेखिको सपना पूरा गर्ने धारणा राखे । यसबाट नेपाल मात्र नभएर दक्षिण एसियाको हवाई यातायातमा महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago