अब विकासको पथमा बढ्यौं भन्ने सन्देश दिएको छ : रिजाल

२०७८, १५ फाल्गुन आईतवार २१:०२

काठमाडौँ: नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले एमसीसी सम्झौता पास गर्दा विश्वलाई नै ‘हामी विकासको पथमा अगाडि बढ्यौं’ भन्ने सन्देश दिएको बताएका छन् ।

यस्तै एमसीसीको व्याख्यातमक घोषणाले सबैको इज्जत जोगाउन मद्दत गरेको पनि उनले बताए । यसले सत्ता गठबन्धन जोगाएको पनि रिजालले बताए । तर एमसीसी पास गरेपछि पाँच वर्षमा पूरा गर्नुपर्ने चुनौती आएको उनले बताए ।
आइतबार राति प्रतिनिधि सभाको बैठकमा जारी एमसीसीमाथिको दफाबार छलफलको क्रममा सहभागी हुँदै सांसद रिजालले यस्तो बताएका हुन् । नेपाली कांग्रेसका सांसदहरूले एमसीसी पास गर्नुपर्ने अडान राख्दैआएका छन् ।

Comments

ताजा खबर