आजै एमसीसी अनुमोदन गर्ने सत्तागठबन्धनको निर्णय

२०७८, १५ फाल्गुन आईतवार १२:३६

काठमाडौं: प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा व्याख्यात्मक घोषणासहित संसद्‍बाट अनुमोदन गर्ने निर्णय गरेको छ ।

गठबन्धन आवद्ध चारै दलले सर्वसम्मतमा अनुमोदन गर्ने निर्णय गरेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले इकागजलाई जानकारी दिए । उनका अुनसार सर्वसम्मत् रूपमा व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने सहमति बनेको हो ।

बैठकपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सञ्चारकर्मीहरूलाई एमसिसी सैन्य संगठनअन्तर्गत नभई विशुद्ध आर्थिक सहयोग हो भन्ने सन्दर्भमा सरकारले स्पष्ट गरेपछि आजै बस्ने प्रतिनिधिसभाले अनुमोदन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत गठबन्धन दलका शीर्ष नेता बालुवाटारमा सहभागी थिए ।
यसैबीच आजै बिहान बसेको माओवादी केन्द्रको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।

Comments

ताजा खबर