युद्धले पानीजहाजको चलान रद्द, नेपालको घिउतेल आपूर्तिमा गम्भीर प्रभाव पर्ने

विराटनगर: रसिया र युक्रेनको युद्धपछि विभिन्न बन्दरगाहबाट भिन्न–भिन्न मुलुकका लागि जाने मालवाहक पानीजहाजहरूको चलान रद्द हुन थालेको छ।

युद्ध सुरु भएयता दुवै मुलुकका बन्दरगाहबाट व्यवसायिक पानीजहाजहरू धमाधम बाहिर निकाल्न थालिएपछि चलान रद्द भएर ढुवानी प्रभावित हुन थालेको हो। उद्योग संगठन मोरङका कोषाध्यक्ष एवं क्वालिटी आयल रिफाइनरीका सञ्चालक विपिन काबराले जहाजहरू बन्दरगाहबाट बाहिर निकाल्न थालेपछि आयातमा असर परेको बताए।

घिउतेल उद्योगका लागि कच्चा पदार्थको अभाव हुने अवस्था आएको उनले बताए। नेपालमा पैठारी गरिने सूर्यमुखीको कच्चा तेलको ८० प्रतिशत युक्रेन र रसियाबाट आयात गरिन्छ। दुवै मुलुकमा सूर्यमुखीको व्यावसायिक खेती धेरै हुने हुँदा अन्य मुलुकबाट भन्दा युक्रेन र रसियाबाट आयात गर्दा सहुलियत हुन्छ। त्यस्तै भटमासको कच्चा तेलका लागि पनि दुवै मुलुक मुख्य आपूर्तिकर्तामा पर्छन्।

काबराका अनुसार युक्रेन र रसियाका बन्दरगाहमा तैनाथ गरिएका पानीजहाज र तिनमा रहेका कन्टेनरहरू सुरक्षित छैनन्। दुई दिनअघि मात्र युक्रेनमा राखिएको जापानको पानीजहाजलाई अमेरिकाको सेनाले ध्वस्त बनाएको थियो। यसपछि अन्य जहाजलाई त्यहाँबाट निकाल्न थालिएको छ।

उनले रसियाबाट पनि आयात गर्न अब त्यति सजिलो नहुने जिकिर गरे। ‘हामीले रसियाका व्यवसायीलाई ‘स्विफ्ट सिस्टम’बाट भुक्तानी पठाउने हो,’ काबराले भने, ‘स्विफ्ट सिस्टम अमेरिकाको कन्ट्रोलमा छ र अमेरिकाले रसियालाई स्विफ्ट सिस्टमबाट हटाइसकेको छ।’ उनका अनुसार नेपालका वाणिज्य बैंकले स्विफ्टमार्फत् रसियामा भुक्तानी हुन नसक्ने बताएका छन्।

उनले युक्रेनसँग नेपालका बैंकले १० दिनअगाडि नै एलसी खोल्न नमानेको बताए। उनले भने ‘अबको अवस्था त झन् जटिल छ। खोलिएका एलसीका मालवस्तुको पनि सिपमेन्ट हुन सकेको छैन। लोडिङ, सिपमेन्ट सबै बन्द छ।’ अमेरिकाले युक्रेनमा रहेको ‘बङ्गी’ नामको आफ्नो घिउतेल कम्पनीलाई सात दिनअघि पूर्णतः बन्द गरिदिएपछि आपूर्ति चक्रमा अझ ठूलो समस्या आएको काबराले चर्चा गरे।

बङ्गी कम्पनीले विश्वभरि युक्रेनबाट कच्चा र तयारी वनस्पति घिउतेलको निर्यात गर्दै आएको थियो। भारतमा पनि बङ्गीले कारोबार गरिरहेको छ। त्यसैले युक्रेनबाट अब सूर्यमुखी र भटमासको कच्चा तेल ल्याउन सक्ने अवस्था रहेन। नेपालले कच्चा खानेतेल आयात गर्न सक्ने अर्को वैकल्पिक राष्ट्र ब्राजिल हो। तर ब्राजिलमा यस वर्ष ठूलो खडेरी परेर पर्याप्त उत्पादन हुन सकेको छैन। यसका कारण ब्राजिलले पर्याप्त आपूर्ति गर्न नसक्ने काबराको बुझाइ छ।

मोरङ व्यापार संघका कार्यकारी सदस्य एवम् पशुपति खाद्यतेल उद्योगका सञ्चालक अमित शारडाले पनि रसिया र युक्रेनबाट लोडिङ र सिपमेन्ट दुवै बन्द भएको बताए। युक्रेनमा संकटकालको घोषणा गरिएको हुँदा बजार अत्यन्त अस्थिर रहेको उनले दाबी गरे। शारडाका अनुसार युक्रेन र रसियाका बन्दरगाहमा मालवस्तुले भरिएका कन्टेनर लोड गरिएका कतिपय पानीजहाजलाई बाहिर निकालिए पनि कतिपयलाई रोकिएको छ। यसरी १० दिनदेखि कन्टनेर र जहाज रोकिँदा नेपालका आयातकर्ताले त्यसको ड्यामरेज र डिटेन्सन शुल्क तिरिरहेका छन्।

उनले नेपाली व्यवसायीले मगाएको माल युद्धका कारण आउन नसके पनि त्यसको रकम भने नडुब्ने बताए। ‘हामीले मगाएको माल कोलकाता बन्दरगाहमा आइपुगेपछि बन्दरगाहले त्यसको बिल लगायतका डकुमेन्ट नेपालको सम्बन्धित बैंकमा पठाउँछ,’ शारडाले भने, ‘यसपछि नेपाली पैठारीकर्ताले बैंकमा गएर डकुमेन्ट छुटाएपछि मात्र नेपालको बैंकले विदेशको निर्यातकर्तालाई भुक्तानी पठाउँछ।’

अब सूर्यमुखी र भटमासको कच्चा तेलका लागि पाराग्वे र टर्कीजस्ता राष्ट्र वैकल्पिक मानिए पनि ती मुलुकबाट सहुलियत मूल्यमा भनेजति परिमाणको तेल आपूर्ति हुनेमा उनले शंका प्रकट गरे। उद्योगीहरूका अनुसार युद्धका कारण १० दिनमै सूर्यमुखी र भटमासको कच्चा तेलको मूल्य टनको १५० अमेरिकी डलरले वृद्धि भएको छ।

शारडाले १० दिनअघि युक्रेनमा सूर्यमुखी र भटमासको कच्चा तेलको मूल्य सीआईएफ कोलकाताका लागि १६ सय डलर रहेकोमा अहिले अन्तर्राष्ट्रिय बजारमा १७५० डलर पुगिसकेको उल्लेख गरे। ‘यस्तो अस्थिर र अन्योलको अवस्था आखिर कहिलेसम्म ?,’ शारडाको दुखेसो थियो, ‘अब कति दिन उद्योग चलाउनुपर्ने हो भनेर हामी दिन गनेर बसेका छौं।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago