भीम रावललाई गगन थापाको चुनौती– एमसीसीमा बहस अछाममा गर्ने कि काठमाडौंमा आफू तयार रहेको

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद गगन थापाले एमसीसी सम्झौता पारित भएपछि राष्ट्रघात भए चारपाटा मोडेर थानकोट कट्न आफू तयार भएको बताएका छन् । उनले राष्ट्रघात भए सम्पत्ति जफत गर्न र नागरिकता खोसे हुनेसमेत बताए ।

आइतबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा बोल्दै सांसद थापाले १२ बुँदे व्याख्यात्मक घोषणाको पक्षमा बोल्दै ५ वर्षभित्र गलत प्रचार गरिएजस्तो अमेरिकी सेना नआए, अमेरिकी कानुन लागू नभए आफू जस्तै गर्न तयार हो भन्दै चुनौती दिए ।

एमाले सांसद् भीम रावललाई लक्षित गर्दै उनले एमसीसी बारे सडकमा बहस गर्ने कि सदनमा, अछाममा गर्ने कि काठमाडौंमा गर्ने बहस गर्न आफू तयार रहेको बताए ।

“पाँच वर्षभित्र सेना आएन, अमेरिकी कानुन लागू भएन भने थानकोट कट्न नागरिकता खोसिन तयार हो ?,” उनले चुनौती दिए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago