एमसिसि संसद‌मा, एअरपोटमा अमेरिका बाट सातवटा उन्नत जातका बहर नेपाल ल्याइए के कागताली मात्र हो?

काठमाडौं: झन्डै एक सय ७० वर्षपछि अमेरिकाबाट सातवटा उन्नत जातका बहर नेपाल ल्याइएको छ। नेपालमा दूध उत्पादनको क्षमता बढाउन बहर आयात गरिएको हो।

उक्त बहर कृषि मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इन्नोभेसन आयोजनाले खरिद गरेको हो।

खरिद गरिएका सात बहरमध्ये पाँचवटा शतप्रतिशत जर्सी हुन्। यस्तै, दुईवटा शतप्रतिशत होलिस्टन रहेको आयोजनाका अनुगमन मूल्यांकन अधिकृत डा. केशब भट्टले बताए।

नेपालमा सबैभन्दा यसअघि विसं १९०७ मा जंगबहादूर राणाले पश्चिमा मुलुकबाट जर्सी गाई नेपाल लिएर आएका थिए। तर, नेपालको सबै खरिद प्रक्रिया पुरा गरेर भने झन्डै एक सय ७० वर्षपछि अहिले बहर आयात गरिएको हो। सार्वजनिक खरिद ऐन बमोजिम बोलपत्र आव्हान गरेर यी अमेरिकी बहर नेपाल ल्याइएको हो।

जसमा आयोजनाले मेट ग्रुप नेपाललाई आयातको जिम्मा दिएको थियो। बोलपत्रमा माग लिनेमध्ये मेट ग्रुप प्रालिले सबैभन्दा थोरै रकमको बोलकबोल गरेपछि आयोजनाले एक करोड ३० लाखमा उससँग खरिद सम्झौता गरेको हो।

कम्पनीले सिकागोको एजी वर्ल्डबाट बहर खरिद गरेको हो। कम्पनीले बहर आयात गर्नका लागि झन्डै एक वर्ष समय लागेको प्रालिका संञ्चालक सरिन केसीले बताए। उनले भने, ‘हामीले धेरै मिहेनेत गरेपछि बहर ल्याउन सफल भएका छौं। प्रक्रियागत झन्झटले एक करोड ३० लाखमा भएको सम्झौता लागत बढेर दुई करोड पुग्यो।’

सम्झौताअनुसार कम्पनीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यलयबाट बहर जाँचपास गरिएको हो। भन्सार कार्यालयले यसमा कुनै भन्सार शुल्क उठाएको छैन। बहर अमेरिकाको सिकागोबाट कतार एयरलाइन्सको कार्गो जहाजबाट कतारको दोहा पुर्‍याइएको थियो। त्यहाँबाट कतार एयरबाटै भारतको नयाँ दिल्लीसम्म ल्याइएको थियो।

नयाँ दिल्लीबाट भने नेपाल एयरलाइन्सको वाइडबडी जहाजमा चढाएर काठमाडौं ल्याइएको हो। यी बहरलाई कृतिम गर्भाधानका लागि प्रयोग गरिने आयोजनाका अधिकृत भट्टले बताए। उनका अनुसार यसभन्दा अघि नेपालमै रहेका राम्रो साढेहरु छानेर कृतिम गर्भाधान गराइने गरिन्थ्यो।

अब कम दूध उत्पादन गर्ने गाइलाई यी बहरको शुक्रकिट प्रयोग गरी गर्भाधान गराइनेछ। यो काम राष्ट्रिय पशु प्रजनन कार्यालयले गर्नेछ। यसो गर्दा गाईहरुमा नश्ल सुधार भइ दूधको उत्पादकत्व वृद्धि हुने दाबी गरिएको छ।

बहरलाई राष्ट्रिय पशु प्रजनन् केन्द्र पोखरामा राखिएको छ। बहरलाई स्ट्रेस कम गर्नका लागि प्रयास गरिएको छ। यस्तै बहरलाई आइसोलेसनमा राखिएको छ। यी बहरहरुलाई व्यवस्थित गोठको प्रयोग गरी राखिएको छ। यस्तै, बहर व्यवस्थापनमा उच्च सतर्कतासमेत अपनाउनु पर्नेछ।

तर, बहरहरुको स्वस्थ्य परीक्षण गरिएको छ। बहर नौ देखि साढे २ वर्ष उमेरका छन्। वैज्ञानिक तवरले सबै प्रकृया पुरा गरेकाले उद्देश्य अनुरुप सफलता मिल्ने दाबी आयोजनाले गरेको छ। हाल नेपालमा प्रयोग गरिएको होलिस्टेन बुल र जर्सी बहर बुढो हुँदै जाँदा गुणस्तर खस्किँदै गएकाले नयाँ जर्सी बहर र होलिस्टेन बुलको आवश्यकता परेको हो।

अहिले ल्याइएको होलिस्टेन र जर्सी बहरको प्रयोग गर्दा करिब सात पुस्तापछि शतप्रतिशत जर्सी र होलिस्टेन उत्पादन हुने हिसाब गरिएको छ। पहिलोपटक जर्सी र लोकल गाईको क्रस गराउँदा ५० प्रतिशत लोकल र ५० प्रतिशत होलिस्टेन/जर्सीको जीन बाच्छा/बाच्छीमा सर्नेछ।

यसको प्रयोगबाट हाल नेपालमा रहेका गाईहरुको उत्पादन ५० प्रतिशतले वृद्धि हुने पनि दाबी गरिएको छ। आयोजनाले लोकल गाई नौमुठे गाईको प्रजाति मासिन नदिने गरी काम गर्ने जनाएको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago