एमसीसी गलत भए प्रधानमन्त्री भइसकेका आठजनाले राजनीतिबाट सन्न्यास लिऔँ : डा. बाबुराम

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीलाई ‘क्यान्सर’को अवस्थामा पुर्‍याइएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले एमसीसीका विषयमा राष्ट्रवादी/राष्ट्रघाती भन्दै कित्तामा छुट्ट्याएर विषाक्त बनाइएको टिप्पणी गरे ।

एमसीसी सम्झौता गलत भए दिवंगत सुशील कोइरालापछिका प्रधानमन्त्रीहरूले नैतिक दायित्व लिँदै राजनीतिबाट सन्न्यासको घोषणा गर्नुपर्ने उनले बताए ।

“सम्मानित नेता सुशील कोइराला त बिदा भइसक्नुभयो । उहाँबाहेकका २०६६ सालयताका आठजना प्रधानमन्त्रीहरू हाम्रो पालामा यो सम्झौता अघि बढेको छ । जो मान्य पूर्वप्रधानमन्त्रीहरू उफ्रिरहनुभएको छ, उहाँहरूकै पालामा अघि बढेको हो,” सांसद भट्टराईले भने, “मेरो पालमा २०६८ सालमा नेपालका लागि योग्य भएको हो भन्ने जानकारी प्राप्त भएको हो । र, त्यसपछिका सबै प्रधानमन्त्री र मन्त्रिपरिषद्का पालामा यो अघि बढेको छ । त्यति बेला के कानमा तेल हालेर सुतेर बसेका थियौँ ? गल्ती थियो भने हामीले हिम्मत गर्नुपर्छ, राजनीतिबाट सन्यास लिऔँ ।”

हिजो सम्झौता गरेर आज विरोध गर्न नमिल्ने उनको भनाइ छ । “गल्ती हुनसक्छ । गल्ती भयो भने गल्ती भयो भनौँ । त्यसका निम्ति प्रायश्चित गरौँ । राष्ट्रघात भएको भए यति ठूलो काम हामीले आँखा चिम्लेर गर्न मिल्छ ? कर्मचारीले गर्‍यो भन्न मिल्छ ? मिल्दैन । म नैतिक दायित्व लिन्छु,” उनले भने ।

गाउँघरमा तमसुक गरिएको जस्तै ‘घोच्ने खालको भाषा’ राखिएको भए पनि राष्ट्रिय हितको पक्षमा भएकाले एमसीसी सम्झौता पारित गर्नुपर्ने उनले बताए ।
Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago