आइतबार नेप्से परिसूचक भने ७.७३ अंक घटेको छ।

साताको पहिलो कारोबार दिन एमसीसी पास हुने अपेक्षामा जलविद्युत उपसमूहको परिसूचक बढेको छ। यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक मात्र बढेका छन्।

जसमध्ये जलविद्युत उपसमूहको परिसूचक १.०४ प्रतिशत बढेको छ। एमसीसी पास हुने अपेक्षामा जलविद्युत कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण बढेका कारण यस उपसमूहको परिसूचक बढ्न पुगेको हो। यस दिन सर्वाधिक शेयरमूल्य बढेका १० कम्पनीहरुको सूचीमा ७ जलविद्युत कम्पनी रहेका छन्।

आइतबार नेप्से परिसूचक भने ७.७३ अंक घटेको छ। गत साताको बुधबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ०.७३ अंक, फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंक घटेको छ। यस दिन २२४ कम्पनीको ४९ हजार ६७० पटकको कारोबारमा ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको ७० लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ५.८८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन नेशनल हाइड्रोपावरको शेयरमूल्य ४.५३ प्रतिशत बढेको छ भने सर्पोट माइक्रोफाइनान्स, युनिभर्सल पावर कम्पनीको शेयर र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ४.५८ प्रतिशत घटेको छ। इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन थियो। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात फागुन १६ गते बुकक्लोज गर्नेछ। त्यस्तै, यस दिन तेह्रथुम पावर कम्पनी ४.०२ प्रतिशत घटेको छ।

आइतबार उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत घटेको छ। त्यस्तै, बैंकिङ्गको ०.६९ प्रतिशत, व्यापारको ०.२६ प्रतिशत, होटल तथा पर्यटनको ०.०९ प्रतिशत, विकास बैंकको ०.५५ प्रतिशत, वित्तको ०.४७ प्रतिशत, निर्जीवन बीमाको ०.२८ प्रतिशत, माइक्रोफाइनन्सको ०.६१ प्रतिशत, जीवन बीमाको ०.८१ प्रतिशत, म्युचुअल फण्डको ०.३३ प्रतिशत र लगानीको ०.१८ प्रतिशत घटेको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago