आइतबार नेप्से परिसूचक भने ७.७३ अंक घटेको छ।

साताको पहिलो कारोबार दिन एमसीसी पास हुने अपेक्षामा जलविद्युत उपसमूहको परिसूचक बढेको छ। यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक मात्र बढेका छन्।

जसमध्ये जलविद्युत उपसमूहको परिसूचक १.०४ प्रतिशत बढेको छ। एमसीसी पास हुने अपेक्षामा जलविद्युत कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण बढेका कारण यस उपसमूहको परिसूचक बढ्न पुगेको हो। यस दिन सर्वाधिक शेयरमूल्य बढेका १० कम्पनीहरुको सूचीमा ७ जलविद्युत कम्पनी रहेका छन्।

आइतबार नेप्से परिसूचक भने ७.७३ अंक घटेको छ। गत साताको बुधबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ०.७३ अंक, फ्लोट इण्डेक्स ०.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंक घटेको छ। यस दिन २२४ कम्पनीको ४९ हजार ६७० पटकको कारोबारमा ३ अर्ब २७ करोड ३० लाख ६५ हजार रुपैयाँ बराबरको ७० लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ५.८८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन नेशनल हाइड्रोपावरको शेयरमूल्य ४.५३ प्रतिशत बढेको छ भने सर्पोट माइक्रोफाइनान्स, युनिभर्सल पावर कम्पनीको शेयर र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ४.५८ प्रतिशत घटेको छ। इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन थियो। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात फागुन १६ गते बुकक्लोज गर्नेछ। त्यस्तै, यस दिन तेह्रथुम पावर कम्पनी ४.०२ प्रतिशत घटेको छ।

आइतबार उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत घटेको छ। त्यस्तै, बैंकिङ्गको ०.६९ प्रतिशत, व्यापारको ०.२६ प्रतिशत, होटल तथा पर्यटनको ०.०९ प्रतिशत, विकास बैंकको ०.५५ प्रतिशत, वित्तको ०.४७ प्रतिशत, निर्जीवन बीमाको ०.२८ प्रतिशत, माइक्रोफाइनन्सको ०.६१ प्रतिशत, जीवन बीमाको ०.८१ प्रतिशत, म्युचुअल फण्डको ०.३३ प्रतिशत र लगानीको ०.१८ प्रतिशत घटेको छ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago