आज ४० बढी दल सडकमा, माइतीघरदेखि कोटेश्वरसम्म प्रदर्शन, एमसीसीविरुद्ध आन्दोलन

काठमाडौं: पचास करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा आज ४० भन्दा बढी राजनीतिक दलले प्रदर्शन गरिरहेका छन्। एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन नगर्न दबाब दिन ४० भन्दा बढी दलले आज काठमाडौंको माइतीघरदेखि कोटेश्वरसम्मको सडकमा विभिन्न प्रदर्शनका कार्यक्रम राखेका हुन्। विरोधका कार्यक्रम विहान ११ बजेबाट सुरु भएकाे जनाइएको छ।

नेकपा (माओवादी केन्द्र) निकट जनवर्गिय संगठन/मोर्चाहरूले यथास्थितिमा एमसीसी पास गर्ने कदमविरुद्ध संसद् भवन बानेश्वर घेराउ गर्ने कार्यक्रम राखेका छन्। कार्यक्रम विहान ११ बजे माइतीघर मण्डलामा भेला भएर बानेश्वरतर्फ अघि बढेकाे आयोजकले बताएका छन् ।

संसदमा एक सदस्य रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एमसीसी सम्झौताविरुद्ध कोटेश्वरबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । कार्यक्रम अनुसार कोटेश्वरबाट नाराबाजी गर्दै संसद् भवन रहेको नयाँ बानेश्वरसम्म प्रदर्शन गरिने छ। कार्यक्रम कोटेश्वरबाट बिहान साढे ११ बजे सुरु भएकाे नेमकिपाले जनाएको छ ।

एमसीसी खारेज संयुक्त अभियान नेपालले पनि शंखमुलमा भेला भई एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ। शंखमुलमा भेला नयाँ बानेश्वरसम्म नारावाजी गर्दै जाने कार्यक्रम अभियानको छ।

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी सम्झौताविरुद्ध माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसहित देशभर विरोध प्रदर्शन तथा सभा गर्ने घोषणा गरेको छ। मध्यान्ह १२ बजे माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म प्रशर्दन गरिएकाे ती दलले जनाएका छन् ।

नेकपा मालेसहित २२ दलीय मोर्चाले पुरानो बानेश्वरमा भेला भई नयाँ बानेश्वर पानीट्यांकीसम्म एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने बताएको छ।

शाही शक्ति नेपाल, स्वतन्त्र नागरिक समाज, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस समाजवादी, नेपालको लागि नेपाली पार्टी लगायतका पार्टी तथा अभियन्ताहरूले पनि एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेका छन्।

एमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलन नेपालले बिजुली बजार पुलबाट प्रदर्शन सुरु गर्ने जनाएको छ। राष्ट्रवादी केन्द्र नेपालले माइतीघर मण्डलामा जम्मा भई एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्दै नयाँ बानेश्वर पुग्ने कार्यक्रम राखेको छ।

शाही युवा शक्ति नेपालले मध्यान्ह साढे १२ बजे बबरमहलमा जम्मा भई एमसीसीविरुद्ध विरोध नारावाजी गर्दै नयाँ बानेश्वर जाने कार्यक्रम राखेको छ। यस्तै, नेकपा (माओवादी) ले देशभर एमसीसीको विरोधमा बहस तथा अन्तर्क्रिया कार्यक्रम राखेको छ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago