आज ४० बढी दल सडकमा, माइतीघरदेखि कोटेश्वरसम्म प्रदर्शन, एमसीसीविरुद्ध आन्दोलन

काठमाडौं: पचास करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विरोधमा आज ४० भन्दा बढी राजनीतिक दलले प्रदर्शन गरिरहेका छन्। एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन नगर्न दबाब दिन ४० भन्दा बढी दलले आज काठमाडौंको माइतीघरदेखि कोटेश्वरसम्मको सडकमा विभिन्न प्रदर्शनका कार्यक्रम राखेका हुन्। विरोधका कार्यक्रम विहान ११ बजेबाट सुरु भएकाे जनाइएको छ।

नेकपा (माओवादी केन्द्र) निकट जनवर्गिय संगठन/मोर्चाहरूले यथास्थितिमा एमसीसी पास गर्ने कदमविरुद्ध संसद् भवन बानेश्वर घेराउ गर्ने कार्यक्रम राखेका छन्। कार्यक्रम विहान ११ बजे माइतीघर मण्डलामा भेला भएर बानेश्वरतर्फ अघि बढेकाे आयोजकले बताएका छन् ।

संसदमा एक सदस्य रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एमसीसी सम्झौताविरुद्ध कोटेश्वरबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । कार्यक्रम अनुसार कोटेश्वरबाट नाराबाजी गर्दै संसद् भवन रहेको नयाँ बानेश्वरसम्म प्रदर्शन गरिने छ। कार्यक्रम कोटेश्वरबाट बिहान साढे ११ बजे सुरु भएकाे नेमकिपाले जनाएको छ ।

एमसीसी खारेज संयुक्त अभियान नेपालले पनि शंखमुलमा भेला भई एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ। शंखमुलमा भेला नयाँ बानेश्वरसम्म नारावाजी गर्दै जाने कार्यक्रम अभियानको छ।

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी सम्झौताविरुद्ध माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसहित देशभर विरोध प्रदर्शन तथा सभा गर्ने घोषणा गरेको छ। मध्यान्ह १२ बजे माइतीघर मण्डलामा भेला भएर नयाँ बानेश्वरसम्म प्रशर्दन गरिएकाे ती दलले जनाएका छन् ।

नेकपा मालेसहित २२ दलीय मोर्चाले पुरानो बानेश्वरमा भेला भई नयाँ बानेश्वर पानीट्यांकीसम्म एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने बताएको छ।

शाही शक्ति नेपाल, स्वतन्त्र नागरिक समाज, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस समाजवादी, नेपालको लागि नेपाली पार्टी लगायतका पार्टी तथा अभियन्ताहरूले पनि एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेका छन्।

एमसीसी सम्झौताविरुद्ध संयुक्त जनआन्दोलन नेपालले बिजुली बजार पुलबाट प्रदर्शन सुरु गर्ने जनाएको छ। राष्ट्रवादी केन्द्र नेपालले माइतीघर मण्डलामा जम्मा भई एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्दै नयाँ बानेश्वर पुग्ने कार्यक्रम राखेको छ।

शाही युवा शक्ति नेपालले मध्यान्ह साढे १२ बजे बबरमहलमा जम्मा भई एमसीसीविरुद्ध विरोध नारावाजी गर्दै नयाँ बानेश्वर जाने कार्यक्रम राखेको छ। यस्तै, नेकपा (माओवादी) ले देशभर एमसीसीको विरोधमा बहस तथा अन्तर्क्रिया कार्यक्रम राखेको छ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago