काठमाडौँ: नाबालिक किशोरीमाथि बलात्कार गरेको अभियाेगमा उजुरी परेसँगै फरार रहेका नायक पल शाह (पूर्ण विक्रम शाह) ले आफै नै प्रहरी हिरासतमा जाने फेसबुकमार्फत जानकारी दिएका छन्।

उनी विरुद्ध गएको बुधबार जिल्ला प्रहरी कार्यालय, तनुहँमा उजुरी परेको थियो । बितेका ४ दिनमा प्रहरीले खोजी गर्दा पल फरार हुँदा केही घटनाक्रम विकास भए।

– पलले आफूलाई फसाउन खोजिएको भन्दै उजुरीको भोलिपल्ट आफ्नो निकटका साथीहरु : गायक दुर्गेश थापा, गायक तथा भिडियो निर्देशक सरोज ओली, पलका म्यानेजर कृष्ण जोशी र गायक सम्राट चौलागाईको नाम सहित आडियो सार्वजनिक गरे ।

– त्यसको भोलिपल्ट ग्लालेक्सी फोर के टेलिभिजनको सिधा कुरा कार्यक्रममा पीडित युवतिले आफू कसैको उक्कासहटमा नआएको र आफू वास्तविक पिडामा रहेको बताइन्।

– अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, तनुहँले देशभरका प्रहरी कार्यक्रमा सर्कुलर जारी गरेको थियो।

– पलले अडियो सार्वजनिक गरेपछि पलको गृहजिल्ला दाङमा पलले आफूलाई फसाउन खोज्नेहरुको नाममा परेका दुर्गेश थापा, सम्राट चौलागाई र सरोज ओली र पीडित किशोरीलाई बहिस्कार अभियान चलाइयो।

– काठमाडौँमा पलका म्यानेजर कृष्ण जोशीले प्रहरीलाई सहयोग गर्ने भन्दै एक ठाउँमा बोलाएर पललाई अर्को ठाउँमा भगाईदिए। आफ्नो पनि फोन अफ गरेर लुकेर बसे।

– पलका म्यानेजर कृष्ण जोशीले, पलको समर्थनमा लुकेकै अवस्थामा युट्युब च्यानललाई पलको पक्षमा अन्तर्वार्ता दिए।

– प्रहरीले पलसँग सम्पर्क भएको हुनसक्ने आशंकामा शनिबार उनी अभिनित चलचित्रका निर्देशक सुदर्शन थापालाई सोधपुछ ग¥यो। पल सम्पर्कमा नआए चलचित्रकी नायिका पूजा शर्मालाई पनि सोधपुछका लागि नियन्त्रणमा लिने प्रहरीको तयारी थियो।

– यही बिच उनी अभिनित चलचित्र प्रदर्शनमा रहेको छ। पलको समर्थन गर्न भन्दै चितवनमा ठूलो भीड उर्लिएको थियो।

– दोस्रोपटक चलचित्रको ‘प्रिमियर शो’ मा पूजा शर्माको वरपर घेरिएका पलका फ्यानले उजुरी दिने युवतीलाई रुँदै गालि गरे र पललाई फसाउन खोजिएको बताए ।

४ दिन पछि किन पल शाह प्रहरीमा आफै उपस्थित हुन गए?
गएको बुधबार (फागुन ११ गते) नायक पल शाह विरुद्ध नाबालिक किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरी जिल्ला प्रहरी कार्यालय तनुहँमा पर्दा पल शाह ‘म यस्तो गीत गाउँछु – २’ को प्रिमियर शोमा सहभागी हुन कीर्तिपुरमा जाँदै थिए। खबर पाउँने बित्तिकै पल बाटोबाटै फर्के । त्यसपछि ४ दिनमा पलले आफूलाई बचाउन सक्दो क्रियाकलाप गरे।

पहिलो उजुरीको भोलिपल्ट अडियो सार्वजनिक, अनि म्यानेजरलाई पलको पक्षमा अन्तवार्ता दिन लगाए। त्यसको प्रभाव तुरुन्तै देखिइहाल्यो।

कलाकारितामा लागेपछि लाखौँ फ्यान कमाएका पलको समर्थनमा दर्शकहरु आइहाले र पीडित किशोरीलाई गाली गर्न थाले। कहीँ उनको समर्थनका र्‍याली निस्कियो।

पलले मुद्दा अगाडि बढाउँदा दर्शकको दबाब रहने अवस्था त सिर्जना गरे। यसको अर्थ के हुन्छ जान्छ त ?

मुलुकी अपराध संहिता २०७४ अनुसार जघन्य अपराधको अभियुक्तलाई भाग्न सघाउने र आश्रय दिने दुवैलाई कारवाही हुने व्यवस्था छ। अभियुक्तलाई यदि दोषी सावित भए भने अभियुक्तलाई सहयोग गर्नेलाई ‘मतियार’ परिभाषित गरी कारवाही गर्ने व्यवस्था रहेको छ।

यसको अर्थ पललाई भगाउन सक्रिय सबै कानुनी कारवाहीमा पर्नेछन्। ‘म यस्तो गीत गाउँछु – २’ का निर्देशक सुदर्शन थापा यही आशंकामा सोधपुछमा परेका हुन्।

हत्या, बलात्कार, शरीर बन्धक जस्ता जघन्य अपराधका मुद्दामा प्रहरीले हिरासत बाहिर राखेर अनुसन्धान गर्दैन। पलमाथि परेको उजुरी अनुसार उनी प्रहरीले हिरासतबाहिर राखेर अनुशन्धान गर्नेमा पर्दैनन्। यस्तो अवस्थामा अभियुक्तले अनुसन्धानलाई प्रभावित गर्ने खालका क्रियाकलाप गर्न सक्छन्, पीडितलाई होस्टाइल गर्न सक्ने अवस्था धेरै रहन्छ।

शाहमाथि १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई जवर्जस्ती गरेको आरोप छ। प्रहरीको अनुसन्धान र अदालतमा उनको अपराध पुष्टि भएमा पललाई १० देखि १२ वर्षसम्म जेल सजाय हुनेछ उनलाई। मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार १८ वर्ष नपुगेका बालिकालाई सहमतिमा पनि यौन सम्पर्क गर्नु पनि बलात्कार हो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago