हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेड (HGI) ले मिति २०७८ फागुन १६ गते १ दिन साधारण सभा र लाभांश प्रयोजनका लागि शेयर दाखिल खारेज बन्द (Book Close) गर्दै छ। तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरुले मात्र लाभांश लिन साथै साधारण सभामा भाग लिन पाउनेछन्।
ईन्स्योरेन्सले आ. व. २०७७/७८ को वितरण योग्य मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजी रु.१ अर्ब १० करोड ३ लाख ३६ हजार ७ सयको ६.६५% अर्थात रु.७ करोड ३१ लाख ७२ हजार ४ सय बराबरको बोनस तथा ०.३५% अर्थात रु.३८ लाख ५१ हजार १ सय ७९ बराबरको नगद लाभांश (कर प्रायोजनार्थ) वितरण गर्न लागेको हो।
संचालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव कम्पनीको मिति २०७८ फागुन ३० गते हुने २८औं वार्षिक साधारण सभामा छलफल गरिने छ। प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपश्च्यात मात्र योग्य शेयरधनीले दाबी गर्न पाउने छन्।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…