कांग्रेसको केन्द्रीय समिति बैठक बोलाउन माग

काठमाडौँ — आसन्न निर्वाचनको मिति कहिले भन्ने विषयमा बहस भइरहेका बेला नेपाली कांग्रेसका नेताहरूले केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका छन् । पार्टीभित्र छलफल नै नगरी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा त्यसबारे बहस र छलफल गरिरहेको भन्दै पार्टीका पदाधिकारीहरुले नै बैठकको माग गरेका हुन् ।
नेता शेखर कोइराला समूहले गत सोमबार भर्चुअल बैठक गर्दै केन्द्रीय समितिको बैठक बोलाएर त्यसबारे पार्टीमा छलफल गर्नुपर्ने माग गरेका थिए । सो बैठकपछि महामन्त्री गगन थापासहितका नेताहरूले सभापति देउवालाई भेटेर भर्चुअल माध्यमबाट भए पनि बैठक गरेर अघि बढ्नुपर्ने बताएका थिए ।
कोभिड-१९ को महामारीका कारण सरकारले २५ जनाभन्दा बढी मान्छेहरू जम्मा नहुन र भीड नगर्न आदेश जारी गरेको छ । कांग्रेसको केन्द्रीय समिति १४८ सदस्यीय छ ।
महामन्त्री थापासँगको भेटमा सभापति देउवाले केही दिनभित्रै भर्चुअल बैठक बोलाउने भनेका थिए । तर, बिहीबार दिउँसोसम्म त्यसबारे खबर भएको छैन । उपसभापति धनराज गुरुङले केन्द्रीय समितिमा छलफल गर्नुपर्ने धेरै विषयहरू भएकाले आफूहरूले सभापतिलाई बैठक बोलाउन माग गरेको बताए ।
‘धेरै विषयहरू छन्, निर्वाचनको विषयमा पनि केन्द्रीय समितिबाट पार्टीले धारणा बनाउनुपर्छ, केन्द्रीय कार्यसम्पादन समितिसमेत गठन भएको छैन,’ उनले भने, ‘भर्चुअल माध्यमबाट भए पनि बैठक गर्ने भनिएको हो तर अहिलेसम्म सभापतिले त्यस्तो खबर गर्नुभएको छैन ।’
गत सोमबार नेता शेखर कोइराला समूहले भर्चुअल संवाद गर्दै देउवाले एकलौटी रुपमा पार्टीलाई अघि बढाउन खोजेको निष्कर्ष निकालेको थियो । कोइराला समूहले देउवाले गठबन्धन र निर्वाचनबारे निर्णय गर्दा पार्टीभित्र कुनै छलफल नगरेको समेत आरोप लगाएको थियो । त्यसले पनि देउवालाई केन्द्रीय समितिको बैठक बोलाउन दबाब परेको हो ।
१४औं महाधिवेशनपछि कांग्रेसले दुईवटामात्रै बैठक गरेको छ । पहिलो बैठकमा धन्यवाद ज्ञापनबाहेक केही नभएकाले कार्यमूलक हिसाबले एउटामात्रै बैठक भएको छ । तर, महामारीका कारण भौतिक उपस्थितिमा बैठक गर्न नपाइने भएपछि कांग्रेसलाई आफ्ना गतिविधि गर्न सकस परेको हो ।
कांग्रेसको विधानअनुसार हरेक दुई महिनामा कम्तीमा एक पटक केन्द्रीय कार्यसमितिको बैठक बस्ने उल्लेख छ । पछिल्लो पटक १९ पुसमा कांग्रेसले केन्द्रीय समिति बैठक गरेको थियो । विधानले केन्द्रीय समितिभन्दा चुस्त ढंगले पार्टीको कार्यसम्पादनका लागि कार्यसम्पादन समिति गठन हुने व्यवस्थासमेत गरेको छ । तर, महाधिवेशन सकिएको दुई महिना हुन लाग्दासम्म सभापति देउवाले त्यो समिति गठन गरेका छैनन् । त्यसो त केन्द्रीय कार्यसमिति नै पूर्ण भइसकेको छैन । केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष र २० जना केन्द्रीय सदस्य मनोनीत हुन बाँकी छन् भने पार्टीको प्रवक्तासमेत तोकिएको छैन ।
विधानअनुसार कार्यसम्पादन समितिमा पदाधिकारी १४ जना, पार्टीका प्रवक्ता, र सभापतिले समावेशी सिद्धान्तमा आधारित भएर केन्द्रीय कार्यसमितिका ३१ जना सदस्यलाई मनोनीत गर्न प्रस्ताव गर्ने र केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था छ । कार्यसम्पादन समितिको बैठकमा महिनामा कम्तीमा एक पटक बस्ने उल्लेख छ ।
नेताहरूले निर्वाचनको मिति र गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयलाई समेत छलफलको मुद्दा बनाएका छन् । तर, देउवाले ती मुद्दालाई केन्द्रीय समितिमा एजेन्डाका रुपमा प्रस्तुत गर्ने वा नगर्ने टुंगो भएको भने छैन ।
पाँचदलीय सत्ता गठबन्धनको नेतृत्वमा रहेको कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले गठबन्धनमा दुई सातायता स्थानीय तहसहित प्रदेश र संघको निर्वाचनबारे छलफल गरिरहेका छन् । तर, त्यो विषयमा पार्टीको केन्द्रीय समितिमा होइन, पदाधिकारी तहमा समेत छलफल नगरेको आरोप उनीमाथि छ ।
निर्वाचनको मिति र निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा कांग्रेसमा मत विभाजित छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago