हकप्रद शेयर निष्काशनका लागि शिखर इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति

२०७८, १३ माघ बिहीबार १४:२५

काठमाडौँ / शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि माघ १ गते एक दिनका लागि शेयर दाखिल खारेज बन्द (बुक क्लोज) गर्ने भएको हो ।
इन्स्योरेन्सको २०७७ चैत ९ गतेको साधारण सभाले पारित गरेअनुसार साविक चुक्ता पूँजी एक अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ बराबरको १ः०३ बराबरले हुन आउने रु.१०० अंकित दरका ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गर्ने भएको हो ।

Comments

ताजा खबर