जानकी फाइनान्स कम्पनी लिमिटेड (JFL) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.३.५५ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा रु.३.३० करोड घाटामा रहेको थियो। खुद नाफा बढेसँगै कम्पनीको प्रति शेयर आम्दानी पनि बढेर रु.११.८५ कायम हुन आएको छ।

व्याज आम्दानीमा २९.६१% को वृद्धि, कुल संचालन आयमा ६५.३०% को वृद्धि तथा कर्जा तथा अन्य नोक्सानी व्यवस्थामा आएको कमीले गर्दा कम्पनीको खुद नाफा बढेको हो।

रु.६०.०४ करोड चुक्ता पूंजी रहेको बैंकको जगेडा तथा कोष २७.७०% ले वृद्धि भएर रु.३४.०५ करोड पुगेको छ। हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ५६.७१% रहेको छ। यस्तै, फाइनान्सको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु.९४.०९ करोड कायम भएको छ। शेयरधनीकोष बढेसँगै कम्पनीको प्रति शेयर किताबी मुल्य पनि रु.१४४.४१ बाट बढेर रु.१५६.७१ कायम हुन आएको छ।

त्यस्तै, फाइनान्सको व्यवसायमा राम्रो वृद्धि देखिएको छ। दोश्रो त्रैमास सम्ममा ग्राहकहरु बाट रु.३.०८ अर्ब निक्षेप संकलन गरी रु.३.०१ अर्ब कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन र कर्जा प्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमश ७.१६% र ३८.९४% ले बढेको छ।

त्यस्तै, अघिल्लो आ. व. को सोही अवधिमा ७.९३% रहेको निष्कृय कर्जा अनुपात घटेर ५.३१% मा झरेको छ। निष्कृय कर्जा अनुपात वृद्धि हुँदै जादा कर्जा नोक्सानी व्यवस्थाका कारण नाफा नोक्सान हिसाबमा प्रत्यक्ष असर पर्ने गर्दछ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago