पाल्पा। निस्दी ७ ज्यामिरेको पिपेन्डि स्थित सर्वोत्तम सिमेन्टको चुनढुंगा खानीबाट गएको टिप्पर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ग २ ख ०७७१ नम्बरको टिपर अचान गुडन जाँदा नजिकै पार्किङ्गमा राखेको ग २ ख ०७६९ नम्बरको टिप्परमा ठोकिन जाँदा पार्किङ्गमा राखेको टिप्परका सहचालकको मृत्यू भएको उक्त टिप्पर खानीबाट गएर हावा भर्न राेकी राखेको थियो ।
जिल्ला प्रहरी कार्यालय पाल्पा अनुसार टिप्परका सहचालक सुर्खेत जिल्ला चिनगाड गाउँपालिका बस्ने जीत बहादुर चलाउने रहेका छन । दुवै टिप्परको विचमा परेर च्याप्पिएर निधन भएको पाल्पा प्रहरीले जनाएको छ ।