नेपाल सम्वत् ११४३ का अवसरमा काठमाडौँमा र्‍याली आयोजना

काठमाडौँ – नेपाल सम्वत् ११४३ का अवसरमा काठमाडौँको ऐतिहासिक एवं साँस्कृतिक नगरी साँखुमा बिहीबार न्हुँद समारोह समितिले र्‍याली आयोजना गरेको थियो।

र्‍यालीमा ४ मंसिरको निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर–२ मा चुनावी मैदानमा उत्रिएका सत्ता गठबन्धनकी उम्मेदवार पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती र एमाले उम्मेदवार मणिराम फुयाँल पनि निम्त्याइएका थिए।

साँखुस्थित शंकरापुर नगरपालिका कार्यालय परिसरमा र्‍याली अघि चियापान चल्दै थियो। नेवारी पोशाकमा हरेका पूर्वसभामुख घर्ती मतदातासँग परिचय र भलाकुसारी गर्दै थिइन्। एमाले उम्मेदवार फुयाँल नगरपालिका परिसरमा देखिए। स्थानीय माओवादी नेता वसन्त खनालले घर्तीलाई फुयाँल आएकोबारे जानकारी गराए। घर्ती फुयाँल भएतिर गइन्, दुवैले एकअर्काप्रति शिष्टाचारपूर्ण व्यवहार देखाए।

फुयाँलले आफूले केही अघिदेखि नै भेट्न चाहेको र संयोगले भेट भएकामा खुसी व्यक्त गरे। दुई प्रतिस्पर्धीबीच सौहार्द र मैत्रीपूर्ण वातावरणमा प्रतिस्धर्पा गर्ने विषयमा कुराकानी भयो। दुवैले निर्वाचन प्रचारका क्रममा एकअर्काप्रति व्यक्तिगत रुपमा ओर्लिएर तल्लोस्तरको गालीलगौज र टिकाछिटप्पणी नगर्ने प्रतिबद्धता जनाए।

र्‍यालीमा पनि दुवै उम्मेदवार सहभागी भए। र्‍यालीले बजारको बाहिरी क्षेत्रबाट एक फन्को मार्‍यो। ओनसरी ब्यानर हातमा लिएर अगाडि अगाडि र मणिराम पछाडिप छाडि हिँडे। र्‍यालीको बीचबीचमा पनि उनीहरुबीच सामान्य कुराकानी भयो। सत्ता गठबन्धन र एमाले कार्यकर्ताले आफ्ना उम्मेदवारहरुबीचको सौहार्दतालाई नजिकबाट नियाले।

घर्ती संविधान जारी भएपछि रुपान्तरित प्रतिनिधिसभाको सभामुख थिइन्। उनलाई सत्ता गठबन्धनले काठमाडौँ–२ बाट उम्मेदवार बनाएको हो। फुयाँल ०७४ मा वाम गठबन्धनकातर्फबाट काठमाडौँ–२ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago