नेपाल सम्वत् ११४३ का अवसरमा काठमाडौँमा र्‍याली आयोजना

काठमाडौँ – नेपाल सम्वत् ११४३ का अवसरमा काठमाडौँको ऐतिहासिक एवं साँस्कृतिक नगरी साँखुमा बिहीबार न्हुँद समारोह समितिले र्‍याली आयोजना गरेको थियो।

र्‍यालीमा ४ मंसिरको निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर–२ मा चुनावी मैदानमा उत्रिएका सत्ता गठबन्धनकी उम्मेदवार पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती र एमाले उम्मेदवार मणिराम फुयाँल पनि निम्त्याइएका थिए।

साँखुस्थित शंकरापुर नगरपालिका कार्यालय परिसरमा र्‍याली अघि चियापान चल्दै थियो। नेवारी पोशाकमा हरेका पूर्वसभामुख घर्ती मतदातासँग परिचय र भलाकुसारी गर्दै थिइन्। एमाले उम्मेदवार फुयाँल नगरपालिका परिसरमा देखिए। स्थानीय माओवादी नेता वसन्त खनालले घर्तीलाई फुयाँल आएकोबारे जानकारी गराए। घर्ती फुयाँल भएतिर गइन्, दुवैले एकअर्काप्रति शिष्टाचारपूर्ण व्यवहार देखाए।

फुयाँलले आफूले केही अघिदेखि नै भेट्न चाहेको र संयोगले भेट भएकामा खुसी व्यक्त गरे। दुई प्रतिस्पर्धीबीच सौहार्द र मैत्रीपूर्ण वातावरणमा प्रतिस्धर्पा गर्ने विषयमा कुराकानी भयो। दुवैले निर्वाचन प्रचारका क्रममा एकअर्काप्रति व्यक्तिगत रुपमा ओर्लिएर तल्लोस्तरको गालीलगौज र टिकाछिटप्पणी नगर्ने प्रतिबद्धता जनाए।

र्‍यालीमा पनि दुवै उम्मेदवार सहभागी भए। र्‍यालीले बजारको बाहिरी क्षेत्रबाट एक फन्को मार्‍यो। ओनसरी ब्यानर हातमा लिएर अगाडि अगाडि र मणिराम पछाडिप छाडि हिँडे। र्‍यालीको बीचबीचमा पनि उनीहरुबीच सामान्य कुराकानी भयो। सत्ता गठबन्धन र एमाले कार्यकर्ताले आफ्ना उम्मेदवारहरुबीचको सौहार्दतालाई नजिकबाट नियाले।

घर्ती संविधान जारी भएपछि रुपान्तरित प्रतिनिधिसभाको सभामुख थिइन्। उनलाई सत्ता गठबन्धनले काठमाडौँ–२ बाट उम्मेदवार बनाएको हो। फुयाँल ०७४ मा वाम गठबन्धनकातर्फबाट काठमाडौँ–२ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago