खेलकुद समाग्री हस्तान्तरणका लागी वडाबाट ७५ हजार विनियोजीत

काठमाडौ: सातौँ नगर कप फुटबल प्रतियोगितामा भाग लिनका लागि तौलुङ् स्पोर्ट्स एकेडेमिलाई बूढानीलकण्ठ नगरपालिका वडा नं ०१ ले खेल सामाग्री हस्तान्तरण गरेको छ ।

वडाले आज तौलुङ चौतारामा एक कार्यक्रम आयोजना गरी आफ्नो वडाको प्रतिनिधित्व गर्ने टिमका खेलाडिहरुलाई १-१ सेट जर्सी, १ सेट ट्रयाक, १-१ सेट मोजा र फुटबल बुट हस्तान्तरण गरेको हो ।
वडा अध्यक्ष सुरेन्द्र लामाले फुटबल टिमले हाल सम्म गरेका कार्यको प्रशंसा गर्दै युवाहरुलाई खेलकुद प्रति थप प्रोत्साहन गर्न र समाजिक कार्यमा हौसला प्रदान स्वरुप खेलकुद समाग्री हस्तान्तरण गरिएको बताउनुभयो ।

यस खेलकुद समाग्री हस्तान्तरणका लागी वडाबाट ७५ हजार विनियोजोत भएको छ । थप सहयोग राष्ट्रिय युवा संघका केन्द्रिय उपाध्यक्ष अमित लामा, हाँडि विरयानीका संञ्चालक पोषण नेपाल-पुजन नेपाल, राष्ट्रिय खेलकुद महासंघका सदस्य दिपक तामाङ लगायत समाजसेवि हरि भारतीबाट प्राप्त भएको लामाले जानकारी दिनुभयो ।

बूढानीलकण्ठ नगरपालिकामा हरेक बर्ष हुने नगर कप फुटबल प्रतियोगिता नगरपालिकाकै चर्चित खेलकुद प्रतियोगिता मानिन्छ । एकेडेमीले विगतमा प्रतियोगिताको उपाधी आफ्नो वडामा भित्राउन सफल समेत भईसकेको छ ।

यस वर्ष १९ वटा टिमले भाग लिएको प्रतियोगितामा तौलुङ स्पोर्टस एकेडेमी दावेदार समुह मध्य एक हो । यस टिमले असोज १० गते (भोलि) स्तुपा बोईज संग पहिलो खेल खेल्दै छ ।

खेल दिँउसो ३ः३० बजे बुढानिलकण्ठ स्कुलको फुटबल मैदानमा हुने भएकोले खेलाडिहरुलाई थप हौसला प्रदान गर्न समर्थक लगायत सम्पुर्ण नगरवासीहरुलाई अध्यक्ष लामाले निमन्त्रणा गर्नु भएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago