तानसेन नगरका उपभोक्तालाई २० युनिट विद्युत निःशुल्क

तानसेन, १० असोज ।
तानसेन नगरपालिका भित्रका उपभोक्तालाई २० युनिटसम्म विद्युत महशुल निःशुल्क बनाएको छ । नगरपालिकाको ११ औं नगरसभाबाट नगरपालिका भित्रका २० युनिटसम्म विद्युत उपभोग गर्ने उपभोक्तालाई महशुल निःशुल्क गर्ने नीति तथा कार्यक्रम पारित गरेको थियो । नगरसभाले गरेको निर्णयालाई कार्यविधि बनाई सम्झौता पत्र भएपछी निती कार्यनवयनमा आएको छ ।

नगरपालिकाले ५ एम्पियर विद्युत मिटर जडान गरी २० युनिट सम्म खपत गर्ने उपभोक्ताहरुला लागी न्यूनतम ३० रुपैंया महशुल छुट दिनेगरि नेपाल विद्युत प्राधिकरण, पाल्पा वितरण केन्द्रबीच सम्झौता गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली र नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण शाखाका प्रमुख विवेक अधिकारीले संझौतापत्रमा संयुक्त हस्ताक्षर गरेपछी यो निति कार्यान्वयनमा आएको हो ।

तानसेन नगरपालिकाले १४ वटै वडाका १ हजार ८ सय १५ जना उपभोक्तालाई २० युनिटसम्मको विद्युत् महशुल निःशुल्क गरेको छ । विद्युत् प्राधिकरणले २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई न्यूनतम मासिक ३० रुपैयाँ लिंदै आएको तानसेन नगरपालिकाले रु ३० रुपैयाँ समेत तिरिदिने व्यवस्था गरेको हो । यो सम्झौता २०८० साल अषाढ मसान्तसम्म लागू हुनेछ ।

तानसेन नगरपालिकाले बार्षिक रुपमा एक जना उपभोक्ता बराबरको ३ सय ६० रुपैया का दरले एकमुष्ट रुपमा विधुत प्राधिकरण पाल्पा लाई १ हजार ८ सय १५ जनाको ६ लाख ५३ हजार ४ सय रुपैयाँ अग्रिम रुपमा भुक्तानी गरेको छ ।
तानसेन नगरपालिकाले वडागत रुपमा सार्वजनिक सूचना गरी २० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताहरुको नामावली संकलन गरेको थियो । निःशुल्क सुविधा पाउनेहरुमा वडा नंं. १ बाट ९ जना, २ बाट १ जना, ३ बाट ४ जना, ५ बाट १६५ जना, ६ बाट ४० जना, ७ बाट ४१ जना, ८ बाट ३४५ जना, ९ बाट १६३ जना, १० बाट ६८ जना, ११ बाट ४८२ जना, १२ बाट ३२६ जना, १३ बाट १२५ जना र १४ बाट २१ जना उपभोक्ता रहेका छन् ।

तानसेन नगरपालिकाका कार्यवाहक नगरप्रमुख प्रतिक्षा सिंजालीले तानसेन नगरपालिकाभित्र रहेका अति गरिब विपन्न परिवारको लागि विद्युत् महशुलमा पूर्ण निःशुल्क गरिएको बताइन । कार्यक्रममा नगर प्रवक्ता यादवसिंह कार्कीले सबै वडाबाट कोही पनि २० युनिटसम्म विद्युत महशुल खपत गर्ने उपभोक्ताहरु नछुटुन भनी वडा वडामा अभियान नै चलाएको, छुटेका भएका आगामी वर्षबाट समेट्ने बताए । पाल्पामा विद्युतका ३८ हजार ग्राहक रहेका छन् भने २५ हजार ग्राहक २० युनिटभन्दा कम खपत गर्ने उपभोक्ता रहेको विद्युतको तथ्यांक रहेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago