चुनावका लागि काठमाडौँ–२ बाट माधव नेपाल

काठमाडौँ – एकीकृत समाजवादीले काठमाडौँ क्षेत्र नम्बर २ का लागि पार्टी अध्यक्ष माधव नेपालको नाम सर्वसहमत सिफारिस गरेको छ।शुक्रबार बसेको क्षेत्री कमिटि बैठकले अध्यक्ष नेपाललाई मंसिर ४ गते हुने चुनावमा उम्मेदवार बनाउन सिफारिस गरेको हो।

क्षेत्रीय अध्यक्ष रुद्रप्रसाद चापागाईंले अध्यक्ष नेपालको नाम सर्वसहमत रुपमा पठाइएको जानकारी दिए। २०७४ मा वाम गठबन्धनका तर्फबाट नेपालले त्यहीँ क्षेत्रबाट जितेका थिए। गत वैशाख ३० गते भएको चुनावमा एकीकृत समाजवादीले विजयी हासिल गर्न नसकेपछि नेपाल चुनाव लड्का लागि रौटहट फैर्किने चर्चा हुँदै आएको छ। रौतहत क्षेत्र नम्बर १ बाट चुनाव लड्ने मनस्थितिमा रहेका नेपाललाई उनकै उपस्थितिमा शुक्रबार काठमाडौँ–२ ले पनि अघि सारेको हो।

रौतहट १ मा वडाध्यक्षमा पाएको मत जोड्दा समाजवादीले सबभन्दा धेरै १९ हजार ६९८ मत ल्याएको छ। त्यहाँ कांग्रेसले १६ हजार ९२८, लोसपा  को मत १२ हजार ६२ छ भने जसपाले ८ हजार २४१ र माओवादी केन्द्रको ८ हजार १९१ मत छ। नेकपा एमालेले वडामा पाएको मत ७ हजार ३८५ छ।

यता काठमाडौँ २ मा भने समाजवादीले जम्मा ७९०० मत पाउँदा गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। जित सुनिश्चितका लागि नेपाललाई रौतहटबाट चुनाव उठाउनुपर्ने मत पार्टीभित्र बलियो छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago