चुनावका लागि काठमाडौँ–२ बाट माधव नेपाल

काठमाडौँ – एकीकृत समाजवादीले काठमाडौँ क्षेत्र नम्बर २ का लागि पार्टी अध्यक्ष माधव नेपालको नाम सर्वसहमत सिफारिस गरेको छ।शुक्रबार बसेको क्षेत्री कमिटि बैठकले अध्यक्ष नेपाललाई मंसिर ४ गते हुने चुनावमा उम्मेदवार बनाउन सिफारिस गरेको हो।

क्षेत्रीय अध्यक्ष रुद्रप्रसाद चापागाईंले अध्यक्ष नेपालको नाम सर्वसहमत रुपमा पठाइएको जानकारी दिए। २०७४ मा वाम गठबन्धनका तर्फबाट नेपालले त्यहीँ क्षेत्रबाट जितेका थिए। गत वैशाख ३० गते भएको चुनावमा एकीकृत समाजवादीले विजयी हासिल गर्न नसकेपछि नेपाल चुनाव लड्का लागि रौटहट फैर्किने चर्चा हुँदै आएको छ। रौतहत क्षेत्र नम्बर १ बाट चुनाव लड्ने मनस्थितिमा रहेका नेपाललाई उनकै उपस्थितिमा शुक्रबार काठमाडौँ–२ ले पनि अघि सारेको हो।

रौतहट १ मा वडाध्यक्षमा पाएको मत जोड्दा समाजवादीले सबभन्दा धेरै १९ हजार ६९८ मत ल्याएको छ। त्यहाँ कांग्रेसले १६ हजार ९२८, लोसपा  को मत १२ हजार ६२ छ भने जसपाले ८ हजार २४१ र माओवादी केन्द्रको ८ हजार १९१ मत छ। नेकपा एमालेले वडामा पाएको मत ७ हजार ३८५ छ।

यता काठमाडौँ २ मा भने समाजवादीले जम्मा ७९०० मत पाउँदा गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। जित सुनिश्चितका लागि नेपाललाई रौतहटबाट चुनाव उठाउनुपर्ने मत पार्टीभित्र बलियो छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago