झापा, बिर्तामोड – समाजसेवी तथा उद्योगी छत्र गिरीले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेका छन् ।
आगामी मंसिर ४ गते निर्वाचनका लागि झापा क्षेत्र नं २ का लागि गिरीबन्धु टी इस्टेटका संचालक गिरीले उम्मेदवारी दिने आकांक्षा व्यक्त गरेका हुन् ।
रामबाबु प्रसाई नेपाली कांग्रेसको जिल्ला सभापति हुँदा २०४२ सालमा उनी जिल्ला सदस्य भएका थिए ।त्यस्तै उनी नेपाल परिवार नियोजन संघका केन्द्रीय सभापति पनि भएका थिए । उनी नेपाली कांग्रेसको प्रवद्र्धन तथा लगानी बोर्डको सदस्य हुन् ।उनले शुक्रवार पत्रकार सम्मेलन गरी आफ्नो आकांक्षा व्यक्त गर्न लागेका हुन् ।
आफूलाई एकपटक राष्ट्रिय सभाको सदस्यमा उठ्ने अवसर प्राप्त भएकोमा त्यसपटक गंगा बाँस्तोलालाई छोडेको गिरीले स्मरण गर्दै पहिलो पटक आफू सार्वजनिक पदमा उठ्न लागेको बताए । त्यसमा पार्टीले सहयोग गर्नेमा आफू आशावादी रहेको उनले बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…