धादिङ: गत रातिदेखिको वर्षाका कारण धादिङका विभिन्न ठाउँमा पहिरो गएको छ । नीलकण्ठ नगरपालिका वडा नं ३ र ४ मा मात्रै ३९ घर जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।
पहिरोमा परी नीलकण्ठ नगरपालिका वडा नं ४ बेसारेमा २४ वर्षीया शर्मिला राना मगरको मृत्यु भएको छ । बाढीपहिरोले जिल्लाको विभिन्न ठाउँमा क्षति पुर्याएको छ ।
बाढीले नीलकण्ठ ४ की भगवती न्यौपानेले पालेका ७ वटा बङगुर बगाएको छ । यस्तै धादिङबेसीस्थित अरुण खोलामा बाढी आउँदा खोला मिचेर बनाइएका अधिकांश भौतिक संरचनामा क्षति पुगेको छ । खोला किनारका घरहरू जोखिममा परेका छन् भने खेत, टहरा, अन्य सामानहरू पनि बाढीले बगाएको छ ।
नीलकण्ठ ४ स्थित अरुणखोला किनाराको टंकेश्वर इन्टरप्राइजेजको जस्तापाता, ड्रम, रड बगाउँदा १ करोड १९ लाख नोक्सान भएको बताइएको छ । बाढीले नीलकण्ठ ३ सिरानबजारमा कृष्ण श्रेष्ठले संचालन गर्दै आइरहेको भगवती फर्निचर उद्योग पनि बगाएको छ ।
पहिरोले विद्युतका चार वटा पोलहरूसमेत बगाएको छ । १२ वटा पोल उच्च जोखिममा छन् । पोल बगाउँदा जिल्लाको त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, गंगाजमुना गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ । बजारको खानेपानीको पाइप बगाएको छ भने बोरिङ तान्ने सयभन्दा बढी मेसिन बगाएको जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।
बाढीपहिरोले अरुण खोलाका दुईवटा मोटरेवल पुल जोखिममा छ भने विमिरे जाने झोलुङगे पुल बगाएको छ । पहिरोले जिल्लाको ग्रामीण क्षेत्रलाई जोड्ने सडकहरू अवरुद्ध भएको छ । यस क्रममा चारवटा मोटरसाइकल बगाएको छ । सिँचाइ कुलो अवरुद्ध भएको छ भने चार सय रोपनी खेत बगाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…