रूसले युक्रेनको ब्ल्याक सीमा पुनः आक्रमण

किएभ: रूसले युक्रेनको ब्ल्याक सीमा पुनः आक्रमण गरेको छ । ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ ।

देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको छ भने ओडेसा क्षेत्रका तटीय गाउँका धेरै निजी भवनमा प्रहार हुँदा तिनमा आगो लागेको छ । ओडेसा बन्दरगाहबाट खाद्यान्न ढुवानी पुनः सुरु गर्न मस्को र किएभ सहमत भएको एक साता नबित्दै रूसले बन्दरगाह पूर्वाधारलाई लक्षित आक्रमण बढाएको छ ।

यसैबीच, रुसका एकजना शीर्ष कूटनीतिज्ञले युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न मस्को तयार रहेको दोहोर्‍याएका छन् । यद्यपि उनले युक्रेनका सहयागी पश्चिमा देशले त्यो नचाहेको दाबी गरे ।

`हामीले वार्ता गर्न कहिल्यै अस्वीकार गरेका छैनौँ सबैलाई थाहा वैमनस्य वार्ताको टेबलमा समाप्त हुन्छ,` रूसी विदेशमन्त्री सर्गेई लाभरोभले मंगलबार युगान्डा भ्रमणको क्रममा भनेका छन् । गत मार्चको अन्त्यमा इस्तानबुलमा दुई पक्षबीच भएको बैठकपछि वार्ता अगाडि बढेको उनले बताए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago