किएभ: रूसले युक्रेनको ब्ल्याक सीमा पुनः आक्रमण गरेको छ । ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ ।
देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको छ भने ओडेसा क्षेत्रका तटीय गाउँका धेरै निजी भवनमा प्रहार हुँदा तिनमा आगो लागेको छ । ओडेसा बन्दरगाहबाट खाद्यान्न ढुवानी पुनः सुरु गर्न मस्को र किएभ सहमत भएको एक साता नबित्दै रूसले बन्दरगाह पूर्वाधारलाई लक्षित आक्रमण बढाएको छ ।
यसैबीच, रुसका एकजना शीर्ष कूटनीतिज्ञले युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न मस्को तयार रहेको दोहोर्याएका छन् । यद्यपि उनले युक्रेनका सहयागी पश्चिमा देशले त्यो नचाहेको दाबी गरे ।
`हामीले वार्ता गर्न कहिल्यै अस्वीकार गरेका छैनौँ सबैलाई थाहा वैमनस्य वार्ताको टेबलमा समाप्त हुन्छ,` रूसी विदेशमन्त्री सर्गेई लाभरोभले मंगलबार युगान्डा भ्रमणको क्रममा भनेका छन् । गत मार्चको अन्त्यमा इस्तानबुलमा दुई पक्षबीच भएको बैठकपछि वार्ता अगाडि बढेको उनले बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…