काठमाडौं: त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई २० हजार जरिवाना गराइएको छ। विद्यार्थीले सूचना माग गर्दा उपलब्ध नगराएको भन्दै राष्ट्रिय सूचना आयोगले जोशीलाई जरिवाना तोकेको हो।
आयोगका आयुक्त महेन्द्रमान गुरुङका अनुसार सूचना उपलब्ध गराउनु पर्ने संवैधानिक र कानुनी दायित्व विपरीत काम गरेको भन्दै जोशीमाथि कारबाही गरिएको हो।
‘उहाँले सूचना उपलब्ध गराउनु नभएकोले कारबाही गरेका हौँ। साथै सूचना उपलब्ध गराउन पनि भनेका छौँ। विद्यार्थीले सूचना माग गर्दा दिँदिनँ भन्न मिल्दैन,’ आयुक्त गुरुङले नेपाल समयसँग भने।
रौतहट मलोहिया–५ का राजीव दासले माग गरेको सूचना जोशीले उपलब्ध गराएका थिएनन्। आयोग समक्ष पुनरावेदन प्राप्त भए पश्चात आयोगबाट विपक्षी परीक्षा नियन्त्रकका नाममा पटकपटक लिखित जवाफ माग गर्दा तथा सूचना उपलब्ध गराउन आदेश हुँदा पनि सूचना उपलब्ध गराउन जोशी तयार थिएनन्। त्यसैले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम. २० हजार रुपैयाँ जरीवाना तिर्न आयोगले भनेको हो।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…